back
CTIZAN AD

कांग्रेसले भन्यो–पोखरा घटनाले उब्जाएको प्रश्न, देशमा सरकार छ ? कहा छ ?

वि.सं.२०७८ जेठ १४ शुक्रवार

723 

shares

१४ जेठ, काठमाडौं । अक्सिजनको अभावमा पोखरामा शुक्रबार बिहान सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको भन्दै कांग्रसले सरकार कहाँ छ भन्ने प्रश्न सिर्जना गरेको बताएको छ ।

अक्सिजन अभावमा घटेको उक्त घटना अत्यन्तै दुःखद र कारुणिक रहेको बताउँदै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गर्नुका साथै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न सिर्जना गरेको बताएको छ ।

‘जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानविय कर्तव्यमा भन्दा असंबैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ देशभरका सरकारी हुन् या निजी क्षेत्रमा अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावस्यक समन्वय गर्न अनिवार्य दायित्व सरकारको हो । सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाको सरकार जिम्मेवार पनि सरकार हो ।

स्मरण रहोस् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बिहीबार रातिदेखि बिहान ४ बजेसम्म अक्सिजनको अभावका कारण सुत्केरी महिलासहित तनहुँका ३, म्याग्दी, पर्वत र स्याङजाका १/१ जना गरी ६ जनाले ज्यान गुमाएका थिए ।

Image

वि.सं.२०७८ जेठ १४ शुक्रवार २०:४४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...