back
CTIZAN AD

पछिल्लो २४ घण्टामा ४४८७ संक्रमित, ११६ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १५ शनिवार

909 

shares

१५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४४८७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १४००६ पिसीआर र ७४६ ऐन्टिजेन गरी १४७५२ नमुना परीक्षणमा ४४८७ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ४४८७ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ५३ हजार ४४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६०८० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६०८० जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ७८.६ प्रतिशत हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ११६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७१६३ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख ११ हजार ५०९ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७८०९ जना र होम आइसोलेशनमा १ लाख ३ हजार ७०० जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६१४ जना र भेन्टिलेटरमा ४५७ जना उपचाररत छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ८०९ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट ३० लाख ३१ हजार ३८३ वटा नमुना परीक्षण गरिएको छ । नेपालमा हालसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या २१ लाख १३ हजार ८० रहेको छ भने दोस्रो मात्रा लगाउनेको संख्या ६ लाख ५४ हजार ८५१ जनाले लगाएको मन्त्रालयको तथ्यांक रहेको छ ।

एकैदिन ९८४१ जना कोरोना संक्रमणबाट मुक्त, ९६ जनाको मृत्यु

 

वि.सं.२०७८ जेठ १५ शनिवार १७:२५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...