back
CTIZAN AD

निरंकुशताको विकल्प निरंकुशता हैन

वि.सं.२०७८ जेठ १५ शनिवार

804 

shares

आज बिहान उठने वित्तिकै ठुला आवाजमा तोपहरु पडकिए। सुरुमा त मेघ गर्जिएको हो कि भन्ने भान पर्यो। तर हैन रहेछ। गणतन्त्र दिवसको उपलक्षमा सेनाले टुढिखेलमा तोप पडकाएका रहेछन। पंचायतीकालमा पनि तोप पडकाईन्थे । कहिले प्रजातन्त्र दिवस त कहिले संविधान दिवसका रुपमा। मनमनै प्रश्न उठ्यो के फरक छ त्यतिवेला र अहिलेको तोप पडकाईमा ? मात्र त्यतिवेला नारायणहिटीमा राजा बस्थे अहिले शितल निवासमा राष्टपति।अनि तीथि मिति फरक। साँच्चै यो गणतन्त्र प्राप्तिकालागी मेरो अघिल्लो पुस्ता मेरो पुस्ता र म पछीको पुस्ताले गरेका आन्दोलन, यसैको प्राप्तिका लागी मुलुकले विताएको सत्तरी वर्षको समय र हजारौंका संख्यामा मुलुकका होनहार सन्ततिका वलिदानी, लाखौंले विताएका जेलनेल र राज्यका दमनलाई सम्झे। गणतन्त र प्राप्तिका लागी तिन पुस्ताले आफ्ना जीवन आन्दोलनमै विताए।

गणतन्त्र प्राप्तिको आन्दोलनमा काग्रेसले गरेको हतियारवन्द र शान्तिपूर्ण आन्दोलन नेपाल कम्युनिष्ट पार्टीले गरेका झापा विद्रोह, जुगेढि विद्रोह, रौतहटका किसानका विद्रोह, मजदुर, शिक्षक, विद्यार्थी र महिला, दलित आदिवासी, मधेशीका आन्दोलनहरु र ०३६,०४६,०६२-६३ का आन्दोलनहरु र दश वर्षे जनयुद्धलाई कसैगरी पनि गलत प्रमाणित गर्न सक्दैनन। तिनै आन्दोलनले आज मुलुकले संघीयता र समावेसी प्रतिनिधित्व सहितको गणतन्त्र प्राप्त गरेको छ।तिनै आन्दोलनले जन्माएका नेताहरु आज पालोफेरो राष्ट्र प्रमुख सरकार प्रमुख बनेका छन।

नहिच्किचाई यो भन्न सकिन्छ कि आज राजतन्त्रका ठाउँमा गणतन्त्र छ र व्यवस्थाको नाम र राज्य गर्ने पात्र परिवर्तन भएका छन तर प्रवृत्ति परिवर्तन हुन सकेन। वाक स्वतन्त्रता वाहेक जनताले केही प्राप्त गर्न सकेनन। वाक स्वतन्त्रता पनि अपहरण गर्ने प्रयत्न नभएका त हैनन तर शासकहरु सफल हुनसकेका छैनन। मुलुकको विकाश र जनताका सम्वृद्धि र राष्ट्रियता जनता झुक्याउने सुन्दर नारा वनेका छन।

मुलुक जर्जर बनेको छ। संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीका ग्यारेन्टी त गरिएको छ तर खेतिका सिजनमा किसानले मल प्राप्त गर्न सक्दैन। कोरना कहरमा एक सिलिन्डर अक्सिजन नपाएर हजारौंले ज्यान गुमाउनु परेको यथार्थता हाम्रो सामु छ। निरंकुसताका विरुद्ध संयुक्त आन्दोलन गर्ने दल र नेताहरु जनतामाथी आई परेको यस महामारी विरुद्ध एक भएर सामना गर्न पर्ने समयमा आफुसंग भएको दुई तिहाईलाई समेत भताभुङ्ग पारेर दलहरुका विचमा विभाजन गर्दै गराउदै संविधानका कमजोर छिद्रहरुको उपयोग गर्दै अझ गैर सम्वैधानिक रुपमा सत्ता कव्जा गर्ने अभियानमा व्यस्त छन। पचासौं वर्ष सँगै बिताएका र हिजो साथी बचाउन आफु मर्न तयार हुनेहरु आज एक अर्कालाई अपराधी करार गर्न ज्यान फालेर लागेका छन। गणतन्त्रिक व्यवस्थाप्रति जनतालाई वितिष्णा फैलाउन गणतान्त्रिक आन्दोलनका अघुवाका कर्म र कृया सक्रिय देखिदै छन्।

सबै दलका मुख्य नेताहरुले हिजो आन्दोलनमा गरेका योगदानको साँवा र चक्रवति ब्याज समेत असुली गरिसकेका मात्र हैन पछिल्ला दुई चार पुस्तालाई पुग्ने जोहो गरिसकेका छन। नभए वर्ष भरी श्रम गर्दा ६ महिना खान नपुग्ने तपाई हाम्रा नेताहरुका राजधानीमा आलिसान महल र पजेरो र सुविधा सम्पन्न जीवन कसरी सम्वभ हुने थियो र ? यी सबै देख्दा तिब्र घृणा र आक्रोस उत्पन्न हुनु पर्नेमा हामीले स्तुतिगानमा गरेको प्रतिस्प्रधा पनि गणतन्त्रको लागी कम खतरा छैन। नेताहरुको हिजो र आजका सोच्ने तरिका बदलिएको छ। हिजो जनतालाई आदर्श मान्नेहरु आज जनतालाई उल्लु सम्झदै वैदेशिक शक्ती केन्द्रलाई आदर्श मान्न थालेका छन्। कार्यकर्तालाई शक्ति मान्नेहरु आदेशपालक हुन भन्ने चाहन्छन। मित्रवत आलोचनालाई स्वागत गर्ने नेतृतव आलोचना गर्नेलाई दुश्मन देख्न थालेको छ। व्यवस्थाको परिवर्तन मात्र भएको होईन हामीले आदर्श मानेका नेताहरुका सोच्ने तरिका र मनस्थितिमै परिवर्तन आईदिनाले मुलुक र जनताले दुर्दशा भोग्न परिरहेको छ।

हामी मान्छेले मान्छे माथिको शोषण र थिचो मिचोको अन्तयका लागि जीवनभर संघर्षमा होमिएकाहरुनै आफ्नै सहयोद्धाहरु सखाप पार्ने र आफैले ल्याएको गणतन्त्रलाई गाँणतन्त्रमा वदल्न लागि परेका छौँ जनतालाई जनवाद र प्रजातन्त्र वा गणतन्त्रका लागि आन्दोलनमा समेटदाका प्रतिबद्धता र लाखौं लाख युवाहरुलाई देखाईएका सुन्दर सपना त के ३ वर्ष अघिका चुनावि घोषणापत्रलाई समेत सम्झने फुर्सद छैन, नेतृत्वलाई यतिवेला।

हजारौं योद्धाहरुका वलिदान लाखौं लाख जनता नेता कार्यकर्ताको छ सात दशकको आन्दोलनबाट प्राप्त उपलव्धिलाई शाह वंशीय राजाहरुको पुर्ख्यैली सम्पति जस्तै ठान्ने वा आफूमा रहेको विशिष्ट क्षमताको उपलव्धि मान्ने प्रवृति नेताहरुमा देखा पर्नु विडम्बना नै मान्नु पर्दछ। जनताको वलिदनीबाट प्राप्त गणतन्त्रलाई अपुतालिको वा ससुरालीको दाईजोका रुपमा वुझ्ने र म नै राष्ट्र हुँ म नै संविधान हुँ भन्ने भ्रम नपाल्दैमा हाम्रो नेतृत्वको हित होला। तिमीहरुका वितण्डा र अक्षमताले गणतन्त्रलाई पछाडी फर्काउन कदापि सक्ने छैन। हिजोका निरंकुशताका पक्षपोषकहरुले मुख मिठ्याउनु पनि आवस्यक छैन। निरंकुशताको विकल्प निरंकुशता हैन र असक्षमताको विकल्प त्यो भन्दा असक्षमता पनि हुनै सक्दैन। नेपाली जनताले सवैको गतिविधीलाई सुक्ष्म रुपमा नियाली रहेका छन।

निरंकुशताका विरुद्ध होमियको मेरो अघिल्लो पुस्ता जीवनको उत्तरार्धमा पुगेपनि मेरो पुस्ता उकुस मुकुस भएर वसेको छ। म भन्दा पछिल्लो पुस्ता जसले आफ्ना अ‍ौपचारिक शिक्षा त्यागेर दश वर्ष युद्धमा होमियो आज खाडिमा पसिना बगाईरहेको छ । त्यो पुस्ताले मुलुकका सवै गतिविधीमा गहिरो चासो राखि नै रहेको छ। पक्कै पनि गणतन्त्रका नाममा टुडिखेलमा पडकाईएका तोप सुनेर र गन्तव्यहिन नेतृत्वको पट्यारलाग्दा भाषण सुनेर सन्तुष्ट हुनेवाला छैन। भर्खर उदाउँदै गरेको पुस्तालाई दिग्भ्रमित पारेर जनताका परिवर्तनका सपनामाथी तुषारापात गर्ने अधिकार कसैलाई पनि छैन। साँच्चै जनताले निर्माण गरेको हजारौं शहिदहरुको रगतबाट निर्मित नेतृत्वले आफ्ना कमिकमजोरीलाई सच्याएर जनताले महसुस गर्नेगरी मुलुक निर्माण र जनताको सेवामा समर्पित हुदैन भने तितर वितर भएर रहेका विगत आन्दोलनमा लामबद्ध भएका लाखौं लाख योद्धाहरु पुन संगठित हुन र नयाँ पुस्तालाई संगठित गर्दै जनताको तागतमा अर्को विशाल आन्दोलनको नेतृत्व गर्दै मुलुकलाई नयाँ नेतृत्व प्रधान अवश्य गने छन्। वर्तमान शासकहरु अझ हामीले नै निर्माण गरेको नेतृत्वलाई ईतिहासको पाईला पछाडी फर्कदैन भन्ने कुरा हामीले तपाईहरुबाटै पढेको आज तपाईहरुलाई स्मरण गराई रहन नपर्ला !

आज गणतन्त्र दिवसको अवसरमा महान शहिदहरु वेपत्ता र घाईते योद्धा प्रति उच्च सम्मान व्यक्त गर्दै मुलुकको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउने सम्पुर्ण जनसमुदायमा नमन। जुनसुकै दलमा प्रतिबद्ध रहेपनि लोकतन्त्रका लागी लडेका मित्रहरुले आफै भित्रको लोकतन्त्र विरोधी भावनालाई परास्त गर्दै, आजकै दिन टुडिखेलमा सेनाले पड्काउने तोपलाई गणतन्त्र र जनताका नाममा जनताबाट निर्वाचित तर जनताप्रति अनुत्तरदायी सितलनिवस वालुवाटार र सिंहदरवार वा संसद भवनका शाशकहरुलाई गणत्न्त्र नसम्झिन तथा जनता र राष्ट्रको पक्षमा दृढतपूर्वक उभिन र माहान शहिदहरुका सपनालाई विपनामा वद्ल्ने प्रण गर्ने अवसर हो। गणतन्त्र राष्ट र जनतालाई सर्वोपरी राखेर जनताको असली सेवक बन्ने व्यवस्था हो। सवैलाई गणतन्त्रको शुभकामना।

 

वि.सं.२०७८ जेठ १५ शनिवार १७:४७ मा प्रकाशित

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...