back
CTIZAN AD

नक्सा माग्दा कर्मचारीले सेवाग्राही कुटे

वि.सं.२०७३ माघ २७ बिहीवार

936 

shares

२७ माघ,महेन्द्रनगर (धनुषा)। धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् ।

जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कर्मचारीले कुटपिट गरेका हुन् ।

नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन साहलाई कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपिट गरेको पीडित साहको आरोप छ ।

सो घटनाबारे कार्यालयमा बुझ्दा नक्सा फाँटका कर्मचारी कतै गएकाले एक्कै छिन् पर्खिन भनेपछि गालीगलौजमा उत्रेपछि घटना भएको स्वीकार गरेका हुन् । घाइते सेवाग्राही ललनलाई धनुषा प्रहरीले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको सेवाग्राही अमितले बताएका हुन् । घाइते साह जनकपुरको श्याम चोकस्थित माछा पसल गरेर गुजारा चलाउँदै आएका छन् ।

वि.सं.२०७३ माघ २७ बिहीवार १०:३२ मा प्रकाशित

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...