back
CTIZAN AD

राप्रपा अध्यक्षमा श्रेष्ठ

वि.सं.२०७३ माघ २७ बिहीवार

852 

shares

२७ माघ,खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्षमा जीवनकुमार श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । आज बिहान सम्पन्न राप्रपा र राप्रपा नेपालको एकतापछिको प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि राप्रपाका जिल्ला अध्यक्ष रहनुभएका ललितकुमार राई एकतापछिको अधिवेशनबाट पार्टीको सहअध्यक्ष बन्नुभएको छ । तीन दिनसम्म चलेको अधिवेशनले ५५ सदस्यीय जिल्ला समिति बनाएको राप्रपाले जनाएको छ ।

केन्द्रीय महाधिवेशनपछि जिल्ला समितिको अन्य पदाधिकारी छनोट गरिने राप्रपाले जनाएको छ । अधिवेशनले क्षेत्र नं १ मा मोतीचन्द्र राईको अध्यक्षतामा र क्षेत्र नं २ मा नीर चाम्लिङको अध्यक्षतामा २१÷२१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ ।

अधिवेशनले जिल्ला समितिबाट नौजना, दुई निर्वाचन क्षेत्रबाट नौ÷नौ र दिक्तेल नगर समितिबाट दुईजना गरी २९ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । राप्रपाको जिल्ला कार्य समितिबाट अध्यक्ष श्रेष्ठ, सहअध्यक्ष राई, सदस्यहरु चन्द्रसिं बस्नेत, प्रेमकुमारी राई, प्रताप राई, केशरमान कामी, ताराकुमार थापा, गुणराज भण्डारी र रामचन्द्र भट्टराईलाई महाधिवेशन प्रतिनिधि छानेको छ ।

क्षेत्र नं १ बाट धर्मराज पोखरेल, विजयकला राई, जगदीश राजभण्डारी, विष्णु गिरी, ज्ञानबहादुर राई, सीता राई, मोहितराम राई र भीमबहादुर विश्वकर्मा तथा क्षेत्र नं २ बाट नीर चाम्लिङ, अर्जुन राई, रविन चाम्लिङ, अमर केसी, कृष्णकुमारी राई, बर्जमान राई, जौडीमान दर्जी, मिनुहाङ राई, इन्द्रबहादुर राई र शुभकुमार राई महाधिवेशन प्रतिनिधिमा छानिनुभएकोे छ । दिक्तेल नगरपालिकाबाट सीताराम राई र चन्द्रकुमारी राई (तारा) महाधिवेशन प्रतिनिधि बन्नुभएको राप्रपाले जनाएको छ । आगामी फागुन ६ गतेदेखि हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशन गरिएको जनाइएको छ ।

केन्द्रमा तत्कालीन राप्रपा र राप्रपा नेपालबीच मङ्सिर ६ गते एकीकरण घोषणा भए पनि जिल्लामा भने पुस २ गते घोषणा भएको थियो । दुई राप्रपाको एकतापछिको अधिवेशन मङ्गलबार राप्रपाका सहमहामन्त्री अर्जुन राईले उद्घाटन गर्नुभएको थियो ।

वि.सं.२०७३ माघ २७ बिहीवार १०:३५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...