१६ जेठ, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले कांग्रेससहित विपक्षी गठबन्धनका नेताहरुको हस्ताक्षरसहित जारी गरेको बिज्ञप्तिमा माधव नेपालले हस्ताक्षर गरेर अनाधिकृत कार्य गरेको भन्दै आपत्ति जनाएका छन् ।
थापाले बिघटित प्रतिनिधिसभामा विपक्षी दलका नेता शेर बहादुर देउवासहितले जारी रगेको वक्तव्यमा माधव नेपालको हस्ताक्षर अनाधिकृत भएको भन्दै आपत्ति जनाएका हुन् ।
अनाधिकृत कार्य-
विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेकाे वक्तव्यमा माधवकुमार नेपालकाे हस्ताक्षर अनाधिकृत छ।
नेकपा(एमाले)मा वरिष्ठ नेताकाे दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएकाे पनि छैन।
अझै विधि र पद्धति! pic.twitter.com/QpBnc9Wm3S— Surya Thapa (@ThapajiSurya) May 30, 2021
‘अनाधिकृत कार्य– विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ,’ सामाजिक संजाल ट्विटरमा लेख्दै उनले भनेका छन्, ‘ नेकपा(एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन । अझै विधि र पद्धति !’
वि.सं.२०७८ जेठ १६ आइतवार १४:१७ मा प्रकाशित






























