back
CTIZAN AD

समाचारप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

वि.सं.२०७८ जेठ १६ आइतवार

672 

shares

१६ जेठ, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्रीको कार्यालय एवं निवास विराटनगरमा यही जेठ १४ गते कोरोना खोपका विषयलाई लिएर केही सञ्चारमाध्यममा आएको समाचारप्रति खण्डन गरिएको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीद्वारा आज प्रकाशित विज्ञप्तिमा विभिन्न स्रोतको हवाला दिएर मुख्यमन्त्री निवासमा खोप लगाउने योजना रहेको, मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको, अझ मुख्यमन्त्रीको सचिवालयको दबाबमा खोप लगाइएको भन्ने जस्ता अनर्गल एवं प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारप्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपूर्ण तथा प्रायोजित समाचारको खण्डन गरिएको छ ।

कोरोनाको पहिलो मात्रा लगाएका सबैलाई प्रोटोकलअनुसार मौज्दात खोपबाट दोस्रो मात्राको खोप लगाउँदै थप व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र जुटिरहेका मुख्यमन्त्रीलाई सोच्नै नसकिने तहको आरोप लगाएर भ्रमपूर्ण प्रचार गरिनु आश्चर्यजनक र निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रासस

वि.सं.२०७८ जेठ १६ आइतवार १५:१४ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...