back
CTIZAN AD

आज देशैभरी ४३६९ जनामा कोरोना संक्रमण, १०९ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १६ आइतवार

729 

shares

१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४३६९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १०,९८६ पिसीआर र १७८४ ऐन्टिजेन गरी १२,७७० नमुना परीक्षणमा ४३६९ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना गरी उपत्यकामा जम्मा १०९३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४३६९ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ५७ हजार ८११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६,२०५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६२०५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ७९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ११६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७,२७२ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख ८ हजार ८९७ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७५६३ जना र होम आइसोलेशनमा १ लाख १ हजार ३३४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १५४५ जना र भेन्टिलेटरमा ४०७ जना उपचाररत छन् । शनिबारको तुलनामा आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा कमी आएको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ७६३ रहेको छ ।

एकसातामा २१हजा ७७५ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो साता गरिएको ६४ हजार ७१९ नमुना परीक्षणमा २१ हजार ७७५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एकसातामा २९ हजार ३५२ जना संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४४८७ संक्रमित, ११६ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १६ आइतवार १७:०२ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...