back
CTIZAN AD

वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न सुझाव

वि.सं.२०७८ जेठ १७ सोमवार

657 

shares

१७ जेठ, काठमाडौँ । गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसइई० लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ ।

यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि वैशाख २७ गते सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो ।

बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रालयसँग अनुमति माग गरेको जानकारी दिए ।

गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । सरोकारवालाले भने यस वर्ष पनि आन्तरिक मूल्याङ्कन गराउन सुझाव दिएका छन् ।

एसईई दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिए जस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन विधि नै उपयुक्त भएको जोड दिइएको छ । देशभरीबाट पाँच लाख १७ हजार विद्यार्थी गत वर्षको एसईईको तयारीमा छन् ।

वि.सं.२०७८ जेठ १७ सोमवार ०८:२० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...