back
CTIZAN AD

पाँचथरमा भएको एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

वि.सं.२०७८ जेठ १७ सोमवार

672 

shares

१७ जेठ, पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए । दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।

वि.सं.२०७८ जेठ १७ सोमवार ०८:२६ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...