Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

८ वर्षअघि कामदार थिएँ अहिले मालिक भएँ



mohan tamang

आर्थिक अभावले थिचेपछि माध्यमिक तहको पढाई बीचमै छाडि आजभन्दा १२ वर्ष अगाडी एउटा कृषि फार्ममा ५ हजार तलबमा काम गर्ने काठमाडौँ दक्षिणकालीका मोहन तामाङ ४ वर्षदेखि आफै मालिक बनेका छन् । अर्गानिक कृषिमा केही गर्नुपर्छ भनेर लागेका मोहन सफल हुँदै गएको अनुभूति सुनाउँछन् । कसरी प्रोत्साहित भए अर्गानिक कृषिमा, यसमा के– के छन् चुनौति र समस्याहरू ? यसै विषयमा केन्द्रित रहेर ऐक्यबद्धताका लागि संगीता पनेरुले गरेको कुराकानी :
कसरी प्रोत्साहित हुनु्भयो अर्गानिक कृषिमा ?
एसएलसी पास गरेपछि प्लस टु पढ्दै थिएँ पारिवारिक स्थिति कमजोर भएकाले मलाई पढ्नु भन्दा पनि कमाउनु पर्ने बाध्यता प¥यो । त्यसैले म कामको खोजीमा लागेँ । हाम्रो गाउँमा एक जना विदेशीले जो ‘यसोर्स’ नामको रिसोर्ट खोलेका थिए । त्यहाँ मैले त्यहाँ काम गर्ने मौका पाएँ । त्यहाँ अर्गानिक तरकारीको खेती हुन्थ्यो । त्यहाँ काम गर्दै जाँदा धेरै कुरा सिकियो । मलाई सिप तिनै विदेशी पेट्रा हन्तुनिकाले सिकाउनु भएको हो ।
कति दिन्थे तपाईँलाई त्यहाँ काम गर्दा पैसा ?
सुरुमा ५÷६ हजारमा दिए, पछि काम सिक्दै र गर्दै जाँदा मलाई सुपरभाइजर बनाइयो । ५० रोपनी जग्गामा सञ्चालन भएको फार्मको सिनियर सुपरभाइजर भएपछि तलब राम्रै भयो । आइडिया पनि भयो बजार पनि चिनियो भने किन अरुकोमा मात्र गरिरहने भन्ने सोच आएपछि चार वर्ष अघि टल्कु कृषि फार्म सञ्चालन गरेँ ।
अरुकोमा काम गरेर तलब बुझ्दा त आनन्द आउँछ, आफ्नोमा त जोखिम मोल्नुप¥यो नी होइन ?
हो, पक्कै पनि जोखिम हुन्छ नै । तर सँधै कति अरुकोमा मात्र काम गर्ने ? त्यसैले सुरुमा सहकारीबाट दुई लाख ऋण लिएर आफैं सरु गरेँ । कामदार भएर मात्र अरुकोमा काम गर्नुभन्दा आफैँ मालिक आफैं कामदार बनेर काम गर्नुको मजा नै बेग्लै हुने रहेछ ।
फार्म संचालनको लागि जग्गा भाडामा लिनु भो कि आफ्नै ?
१० रोपनी जग्गा भाडामा लिएँ, अरु आफ्नै हो ।
तपाईंको आम्दानी कति छ अहिले ?
सुरुमा एक वर्ष त खासै आम्दानी भएन । त्यसमा लगानी मात्रै भयो । एक वर्ष पछि भने मैले मासिक सबै खर्च कटाएर ५० देखि ६० हजार सम्म कमाउँछु ।
तपाई आफैँ एक्लैले फार्म धान्नु भएको छ कि कर्मचारी पनि छन् ?
दुई जना कर्मचारी नियमित छन् । तिनीहरूलाई मासिक ७ र ८ हजारका दरले तलब दिएको छु । अरु सिजन अनुसार गाउँ तिरबाट खेताला बोलाउने गर्छु ।
तपाईँले पुरै अर्गानिक तरकारी भन्नुभएको छ कसरी सम्भव छ अर्गानिक मात्र बनाउन ?
सम्भव छ नी । रासायनिक मलको सट्टामा धुटो, पीना र गहुँत मिलाएर कुहाइ जैविक मल बनाउन सकिन्छ । त्यत्ति मात्र नभइ एक्लेवीर, तितेपाती वनमारालाई गाईको गहुँत मिसाएर खाडलमा पुर्ने र कुहाउने गर्नुपर्छ । एक महिनामा त्यो प्रयोग गर्न योग्य मल बन्छ । त्यसरी घरमै बनाएको मल प्रयोग गर्ने, औषधिको रुपमा गाइको गहुँत प्रयोग गर्ने, त्यसो गरेपछि अर्गानिक उत्पादन गर्न गाह्रो छैन ।
उत्पादन गरेको तरकारी बेच्न कहाँ लैजानुहुन्छ ?
काठमाडौँको कुलेश्वरस्थित गाउँघर अर्गानिक पसल, आकाश गंगा र अर्गानिक एग्रोभेटमा लैजान्छु ।
भनेपछि तपाई विदेश जाने सोंचमा हुनुहुन्न ?
किन जाने विदेश ? मलाई यही विदेश छ । विदेशमा जति दुःख नेपालमा गर्ने हो भने त्यहाँको भन्दा बढी कमाइ यहाँ हुन्छ । मान्छे खाडीको टन्टलापुर घाममा काम गर्न तयार हुन्छ तर गाउँमा कोदालो खन्न लजाउँछ । नेपालमै केही गर्ने जाँगर चलाउने हो भने कोही विदेश जानु पर्दैन । तर बजार व्यस्थापन सरकारले गरिदिनुपर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले