back
CTIZAN AD

महन्थ ठाकूर समूहलाई बाबुरामको प्रस्ताव : तमासा नगरौं, हात मिलाएर बाटो लागौं !

वि.सं.२०७८ जेठ १७ सोमवार

939 

shares

जेठ १७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले झगडा नगरी आ–आफ्नो बाटो लाग्न नेताहरुलाई आग्रह गरेका छन् । कानूनी र प्राविधिक रुपमा एउटै रहेको तर राजनीतिक रुपमा विभाजित बनेको जसपामा मिलेरै बाटो समाउन भट्टराईले आग्रह गरेका हुन् ।

उनले मान्छे तानातान र किनबेचको तमासा नगर्न पनि अनुरोध गरेका छन् । उनका अनुसार पछिल्लो राजनीतिक संकटले राजनीतिक ध्रुवीकरण खोजेको छ, जहाँ भेडा भेडासँग र बाख्रा बाख्रासँग मिल्न जानुपर्ने उनको भनाई छ ।

सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊॅ ! हातमिलाएर आ-आफ्नो बाटो लागौं ! हिडिरहे फेरि भेटहुनेछ !’

पछिल्लो राजनीतिक संकटमा जसपा विभाजित हुन पुगेको छ । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई एकातर्फ छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो अर्कोतिर छन् । अहिले महन्थ ठाकुर समूह सरकारमा जाने तयारीमा छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १२:१६ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...