back
CTIZAN AD

पहिरोको उच्च जोखिममा कारुङ्गा बस्ती

वि.सं.२०७८ जेठ १७ सोमवार

582 

shares

१७ जेठ, सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् ।

गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि ती घरधुरी उच्च जोखिममा परेका हुन् । कारङ्गा गाउँका बस्तीमा ढुङ्गा खस्न थालेपछि पहिरोको उच्च जोखिममा परेको स्थानीयवासी हिर सिंहले बताए ।

बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको हो । बस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ । गाउँपालिकाले कुनै वास्ता नगरेको तथा प्रहरी एक पटक आएर माथिपट्टि रहेको ढुङ्गाको अनुगमन गरेको तर त्यसपछि सम्बन्धित निकायले कुनै प्रक्रिया अगाडि नबढाएको सिंहले बताए ।

आजभोलि लगातार वर्षा भइरहेकाले अचानक ढुङ्गा खसेर जिउधनको क्षति भएपछि गाउँपालिकाले पहल गर्नुभन्दा समयमै यसको समाधान गर्नुपर्ने सिंहले बताए । “कारङ्गा गाउँको बस्तीमाथि जताततै भिरालो र भिर भएकाले जमीन भासिएको छ र ढुङ्गा खस्ने भएको छ”, वडाध्यक्ष गुमान बुढाले भने ।

हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । जिल्लामा दैनिक सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरी ल्याइएको कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

यसअघि जिल्ला अस्पतालमा तीनवटा अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले जानकारी दिनुभयो । बाह्र जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता अस्पतालसँग भएको बताइएको छ ।
रासस

वि.सं.२०७८ जेठ १७ सोमवार १२:२१ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...