back
CTIZAN AD

अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माण प्राथमिकतामा

वि.सं.२०७८ जेठ १८ मंगलवार

786 

shares

१८ जेठ । गण्डकी प्रदेश सरकारले खेलकूद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकूदतर्फ खेलकूदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरका खेलकूद पूर्वाधार निर्माणमा जोड दिइने बताए ।

यसैगरी खेलकूदको विकासका लागि गण्डकी प्रदेश खेलकूद परिषद् र जिल्ला खेलकूद विकास समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकूद परिषद् र ११ वटै जिल्लामा जिल्ला खेलकूद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ ।

गण्डकी प्रदेशमा यसअघि तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गत वर्ष कोरोनाका कारण आयोजना हुन नसकेकामा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ । राष्ट्रिय खेलकूदका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्र्षभित्रमा फुटबल रङ्गशाला सम्पन्न गर्ने योजना सङ्घ सरकारको बजेट कार्यक्रममा परेको थियो ।

प्रदेश सरकारले युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुुरुङले जानकारी दिए । सरकारले देश तथा विदेशमा कोभिड–१९ लगायतका कारणले रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्न र स्वरोजगारी बढाउन उद्यमशीलता प्रवद्र्धन, बिउपुँजी, सहुलियतपूर्ण ऋण लगायतका कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार ०८:०१ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...