back
CTIZAN AD

आज देशैभरी थपिए ६०८५ कोरोना संक्रमित, ६८ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १८ मंगलवार

675 

shares

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६०८५ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १७,१४७ पिसीआर र ३०१८ ऐन्टिजेन गरी २०१६५ नमुना परीक्षणमा ६०८५ जना संक्रमित थपिएका हुन् । आज संक्रमित भएको यो संख्या आइतबारको तुलनामा झण्डै २ हजारले बढी हो ।

आज भक्तपुरमा २१५, ललितपुरमा २८३ र काठमाडौंमा १०६० जना गरी उपत्यकामा जम्मा १५५८ जनामा संक्रमण पुष्टि भएको छ । आइतबारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्यामा पनि केही वृद्दि भएको छ । आज थपिएका ६०८५ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६८९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६८९८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८०.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबारको तुलनामा मृत्यु हुनेको यो संख्या ४६ जनाले कमी हो । आज मृत्यु भएका ६८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७४५४ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख ४ हजार ७८९ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७०८५ जना र होम आइसोलेशनमा ९७ हजार ७०४ जना रहेका छन् । आइसोलेशनमा बस्नेको संख्या पनि दिनहुँ घट्दै गइरहेको छ ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४९१ जना र भेन्टिलेटरमा ४०४ जना उपचाररत छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ७२५ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३० लाख ७४ हजार ५७१ वटा नमुना परीक्षण गरिएको छ ।

आज कोरोनाबाट ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु

 

वि.सं.२०७८ जेठ १८ मंगलवार १७:२१ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...