back
CTIZAN AD

आज कोरोनाबाट ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु

वि.सं.२०७८ जेठ १७ सोमवार

633 

shares

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४७६२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १५,०५५ पिसीआर र २४२५ ऐन्टिजेन गरी १७४८० नमुना परीक्षणमा ४७६२ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १२१, ललितपुरमा २५२ र काठमाडौंमा ८९० जना गरी उपत्यकामा जम्मा १२६३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४७६२ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६,४९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६४९१ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ७९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ११४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७,३८६ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख ६ हजार ४७० जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७३३८ जना र होम आइसोलेशनमा १ लाख ४९२ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४९२ जना र भेन्टिलेटरमा ४२४ जना उपचाररत छन् । आइतबारको तुलनामा आज आइसीयुमा रहनेको संख्या घटेको छ भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ६८९ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३० लाख ५७ हजार ४२४ वटा नमुना परीक्षण गरिएको छ ।

आज देशैभरी ४३६९ जनामा कोरोना संक्रमण, १०९ जनाको मृत्यु

 

वि.सं.२०७८ जेठ १७ सोमवार १७:५१ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...