१७ जेठ, अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१–२०२३ कार्यकालको लागि भएको निर्वाचनको परिणाम सार्वजनिक छ ।
मे २९ –३० का दिन विद्युतिय प्रणालीबाट भएको मतदानबाट अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् । उनले आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी र उपाध्यक्षहरुमा गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली र विकासराज उप्रेती बिजयी भएका छन् भने महिला तर्फ उपाध्यक्षमा दिक्षा बस्नेत बिजयी भएकी छन् ।
महासचिवमा अन्जन कुमार चौलागाई, सचिवमा अनुप खनाल, महिला तर्फ सचिवमा सुनिता कंडेल, कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सह कोषाध्यक्षमा अग्नि ढकाल बिजयी भएका छन् ।
महिला संयोजकमा सुन्दरी गुरुङ, युवा संयोजकमा त्रिभुवन पाण्डे बिजयी भएका छन् । प्रवक्ता पद पछि मनोनित गरिने बताइएको छ ।
अमेरिकाको तर्फबाट एनआरएनए अन्तराष्ट्रिय परिषद सदस्यहरुमा अमृत सापकोटा, संजीव कुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल, संजय थापा, गोविन्द सुबेदी, नारायण कंडेल, बिनोद तिवारी तथा बिष्णु शाह बिजयी भएका छन् ।
बोर्ड अफ डायरेक्टर
संचालक समिति सदस्य(बोर्ड अफ डाइरेक्टर)मा डा. प्रकाश श्रेष्ठ, बिशाल राना, बाला घिमिरे, डोलनाथ घिमिरे, प्रल्हाद सापकोटा, ज्ञानेन्द्र गुरुङ, सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, बिश्वराज बास्तोला, दुर्गेश कार्की तथा राज ढुंगाना बिजयी भएका छन् ।
वि.सं.२०७८ जेठ १७ सोमवार १८:०६ मा प्रकाशित






























