१९ जेठ, काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमा बालुवा ढुङ्गा निकासिगरि ब्यापार घाटा कम गर्ने भन्ने विषयमा चौतर्फी बिरोध भएपछि अर्थ मन्त्रालयले प्रष्टिकरण दिएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अर्थले प्रष्टिकरण दिएको हो ।
गत शनिबार अध्यादेश मार्फत सार्बजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको ब्यापारघाट कम गर्न बालुवा गिटीको निर्यात गरिने बताएका थिए ।
मंगलबार अर्थद्वारा जारी गरिएको विज्ञप्ति सो विषयको ध्यानाकर्षण भएको जनाईएको छ । विज्ञप्तिमा भनिएको छ,“नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध छ । चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणका नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छ ।”
हेनुहोस् मन्त्रालयद्वरा जारी विज्ञप्ति

चुरे क्षेत्रको खनिज भारत निकासी गर्ने सरकारको योजना, किन भैरहेछ विरोध ?
‘गिट्टी ढुंगा बेचेर ऋण तिर्ने नाममा मधेशलाई मरभूमि बनाउने हो सरकार ?’
ढुंगा गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती-जसपा
वि.सं.२०७८ जेठ १९ बुधवार १६:३४ मा प्रकाशित






























