जेठ २०, काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाएको छ । राजमोको बिहिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई निष्कासनको निर्णय गरेको हो ।
थापालाई हटाइएको निर्णय जनमोर्चाले प्रदेशसभा सचिवालयलाई दिईसकेको छ । राजमोको पत्रसँगै सचिवालयले थापाको सांसद पद खारेज गर्नेछ ।
थापाले पार्टीको निर्देशन विपरित प्रदेश गण्डकीमा सरकार परिवर्तन गर्ने विपक्षीलाई सहयोग गर्न अस्वीकार गरेका थिए । उनको अहसयोगसँगै प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाएको थियो ।
कारबाहीमा परेका थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

वि.सं.२०७८ जेठ २० बिहीवार १४:०१ मा प्रकाशित






























