back
CTIZAN AD

ब्राजिलमा २४ घन्टामा २ हजार ५०० भन्दा बढी सङ्क्रमितको मृत्य

वि.सं.२०७८ जेठ २० बिहीवार

723 

shares

२० जेठ, साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ ।

यहाँ बुधबार २ हजार ५०७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार मात्र पनि यहाँ कोभिड–१९ को संक्रमणमा परेका यहाँका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान गएको थियो ।

यहाँका अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन् । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बुधबार मात्र पनि यहाँका ९५ हजार जना भन्दा बढीमा कोरोनाको संक्रमण भएको छ ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाखभन्दा बढी नागरिकको ज्यान गएको छ । ब्राजिल कोरोना भाइरसबाट ज्यान जाने विश्वका मुलुकहरु मध्ये अमेरिकापछि दोस्रोमा पर्दछ ।
रासस

वि.सं.२०७८ जेठ २० बिहीवार १३:५६ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...