back
CTIZAN AD

मृत्यु भएका सङ्क्रमितका परिवारलाई किरिया खर्च दिइने

वि.सं.२०७८ जेठ २० बिहीवार

738 

shares

२० जेठ, त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत रु २५ हजार र कोरोना रोगबाट सङ्क्रमित पुष्टि भएका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ ।

कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत रु २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

उनका अनसार समुदायमा कोरोना सङ्क्रमण फैलिसकेको पुष्टि भएको तर, शङ्कास्पद लक्षण भएका तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा जोडिएका व्यक्तिलाई परीक्षणका लागि गरिएको आह्वानमा उदासिनता देखाएका कारण परीक्षण गराउनका लागि प्रोत्साहन जगाउन सङ्क्रमित पुष्टि भएकालाई रु पाँच हजार दिने निर्णय गरिएको हो ।

उक्त खर्चका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकम परिचालन गरिने र अपुग भएमा आन्तरिक स्रोत परिचालन गरिने जनाइएको छ । गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा कोरोनाबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षितरूपमा बढेसँगै रोग नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले जानकारी दिए ।
रासस

वि.सं.२०७८ जेठ २० बिहीवार १३:३४ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...