back
CTIZAN AD

गद्यी छाडेपछि पूर्वराजाको पहिलो भिडियो सन्देश (भिडियोसहित)

वि.सं.२०७८ जेठ २० बिहीवार

708 

shares

जेठ २०, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी नियन्त्रणका लागि सबैले संकल्प गर्नुपर्ने बताएका छन् । कोरोना संक्रमण मुक्त भएपश्चात भिडियो सन्देश जारी गर्दै उनले सबैको हातेमालो आवश्यक रहेको बताए ।

उनले महामारीको पछिल्लो अवस्थाले निकै चिन्तित बनाएको पनि बताएका छन् ।

रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर जारी गरेको भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’

शाहले आफूहरूको स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिने सबैप्रति आभार प्रकट पनि गरेका छन् । उनले महामारीमा नियन्त्रणमा खटिएका सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले सबैलाई सुरक्षित भएर स्वस्थ रहन पनि आग्रह गरेका छन् । ‘म तपाईंहरू सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्दछु,’ उनले भनेका छन् ।

यस्तो छ भिडियो सन्देश

वि.सं.२०७८ जेठ २० बिहीवार १४:४६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...