back
CTIZAN AD

भारतमा निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, बुधबार १ लाख ३३ हजार संक्रमित

वि.सं.२०७८ जेठ २० बिहीवार

762 

shares

२० जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमितको हुनेको संख्या निरन्तर घटिरहेको छ । त्यहाँ बुधबार १ लाख ३३ हजार ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको यो संख्या मंगलबारको तुलनामा ८ सयले बढी हो ।

त्यसैगरी बुधबार २,८८७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । भारतमा मृत्यु हुनेको संख्या पनि निरन्तर घट्दै गइरहेको छ । भारतमा केही साता अघि प्रतिदिन ४ लाख भन्दा बढी संक्रमित भएको तथ्यांक सार्वजनिक भएको थियो भने मृत्यु हुनेको संख्या पनि प्रतिदिन ४ हजार नाघेको थियो ।

त्यसैगरी बुधबार २ लाख ११ हजार कोरोना संक्रमित निको भएका छन् । निको हुनेको यो संख्या पनि निरन्तर बढी रहेको छ ।

भारतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ८४ हजार पुगेको छ । सोहि अवधिमा निको हुनेको संख्या २ करोड ६३ लाख रहेका छन् भने ज्यान गुमाउनेको संख्या ३ लाख ३८ हजार पुगेको छ ।
भारतमा हाल १७ लाख ८ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा बुधबार १५ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा संक्रमित हुनेको संख्या निकै कम हुँदै गरइरहेको छ । त्यहाँ प्रतिदिन ६० हजार भन्दा बढी संक्रमित भएको तथ्यांक रहेको छ ।

त्यसैगरी बुधबार २९,२७० जना संक्रमण मुक्त भएका छन् भने सोहि अवधिमा ५५३ जनाको ज्यान गएको छ ।

महाराष्ट्रमा हालसम्म ५७ लाख ७६ हजार संक्रमित भएका छन् । सोहि अवधिमा ५४ लाख ६० हजार संक्रमण मुक्त भएका छन् । त्यहाँ हालसम्म ९६ हजार ७५१ जनाले ज्यान गुमाएको समाचार ऐजेन्सीले जनाएका छन् ।
हाल त्यहाँ २ लाख १६ हजार संक्रमितको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि यी पाँच राज्यमा भने १ लाख भन्दा बढी संक्रमितको उपचार भइरहेको छ । समाचार ऐजेन्सीका अनुसार कर्नाटकमा २ लाख ८८ हजार, तमिलनाडुमा २ लाख ८८ हजार, महाराष्ट्रमा २ लाख १६ हजार, केरलामा १ लाख ९२ हजार र आन्ध्र प्रदेशमा १ लाख ४३ हजार संक्रमित संक्रमितको उपचार भइरहेको छ ।

 

 

वि.सं.२०७८ जेठ २० बिहीवार १४:२५ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...