back
CTIZAN AD

नेपाल समूहको बैठक : पार्टी पुनर्गठनलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष

वि.सं.२०७८ जेठ २० बिहीवार

666 

shares

जेठ २०, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एकताबद्ध बनाउनै नचाहेको बताएका छन् । बिहिबार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आयोजना गरिएको भर्चुअल केन्द्रीय कमिटी बैठकमा उनीहरुले ओलीको विश्वास गर्न नसकिने बताएका हुन् ।

दुई पक्षबीचको वार्तालाई पनि दाउपेचको रुपमा ओलीले प्रयोग गर्न खोजेको नेताहरुको धारणा छ । वार्तामा सहभागी नेता सुरेन्द्र पाण्डेले नै ओलीसँग विश्वास गर्न नसकिने बताएको एक केन्द्रीय सदस्यले बताए ।

‘कुरा मिल्ला भनेर वार्ता बस्यौं तर उहाँहरुले यसलाई दाउपेचको मुद्दा मात्रै बनाउन खोज्नुभयो’, पाण्डेको भनाई उद्र्धत गर्दै एक नेताले भने ।
बैठकमा नेताहरुले पार्टी पुनर्गठनलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताएका छन् । वार्तामा सहभागी नेताहरुले नै ओलीसँग सहकार्य सम्भव नदेखिएको कुरा बैठकमा राखेको एक केन्द्रीय सदस्यले बताए ।

भर्चुअल बैठकमा ओली समूहका नेताहरुसँग वार्तामा रहेका नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टसँग केन्द्रीय नेताहरुले धेरै प्रश्न उठाएका छन् । जसको जवाफ उनीहरुले दिने बताइएको छ ।

बताइएअनुसार कतिपय केन्द्रीय सदस्यले वार्ताप्रति नै शंका व्यक्त गरेका थिए । भर्चूअल बैठक करिब ७५ जना केन्द्रीय सदस्य जोडिएर छलफल गरेको बताइएको छ ।

वि.सं.२०७८ जेठ २० बिहीवार १६:०६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...