२० जेठ, रुपन्देही । कोरोना संक्रमणको महामारी तिब्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गतेसम्मका लागि निशेधाज्ञा थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बिहीबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले शुक्रबार बिहान ६ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्म लागूहुने गरी निशेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
निशेधाज्ञा भर औषधि उपचार तथा अन्य आत्यवस्यक काममा बाहेक कुनैपनि व्यक्तिहरु घरबाहिर निस्कन तथा मर्निङ र इभिनिङ वाक समेत बन्द गर्न निर्देशन दिएको छ ।
त्यसैगरी खाद्यान्न पसलहरुका विषयमा भने कुनैपनि निर्णय नगरी पूर्ववत् नियम राखिएको छ ।
वि.सं.२०७८ जेठ २० बिहीवार १६:३० मा प्रकाशित






























