२० जेठ, काठमाडौँ । नेपाल टेलिकमले अनाधिकृत पेजहरुमा विवरण उपलब्ध नगराउन आफ्ना ग्राहकवर्गलाई आग्रह गरेको छ ।
नेपाल टेलिकमले जरुरी सूचना जारी गर्दै कम्पनीको नाम, लोगो तथा अन्य सामग्रीहरु प्रयोग गरी विभिन्न सोसल मिडियामा अनाधिकृत पेजमार्फत भ्रामक जानकारी प्रकाशित भईरहेको पाइएकोले त्यस्ता अनाधिकृत पेजमा आफ्ना कुनै पनि विवरण सूचना उपलब्ध नगराउन आग्रह गरेको हो ।
कम्पनीले आफ्नो आधिकारी बेबसाइट र सोसल मिडिया पेज बाट मात्र आवश्यक जानकारी लिन भनेको छ ।
वि.सं.२०७८ जेठ २० बिहीवार २०:५३ मा प्रकाशित































