जेठ २१, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को ठाकुर समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टीभित्रको विवाद टुंगो नभएसम्म र प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटमाथि फैसला नआएसम्म सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको हो ।
ठाकुर समुहका एक नेताका अनुसार प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा जस्तो पनि फैसला आउने सक्ने सम्भावना रहेको कारण तत्काल सहभागी नहुने निष्कर्षमा पुगेको हो । उनका अनुसार निर्वाचन आयोगको निर्णय पनि सरकारमा सहभागी हुने वा नहुने भन्नेमा महत्वपूर्णं छ ।
अहिले एकातिर प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दा विचाराधिन अवस्थामा छ भने अर्कोतिर जसपाको एक पक्षले अर्को पक्षलाई गरेको कारबाही पनि अन्यौंलपूर्णं छ । मंगलबार दुवै पक्षले एकले अर्कोलाई पार्टीबाट निष्कासन गरेका थिए । तर, निर्वाचन आयोगले भने दुवै पक्षको कारबाहीलाई वैद्यानिकता दिएको छैन।
पार्टी बिहिन हुने अवस्थामा छ ठाकुर समूह
जसपामा कार्यकारिणी समितिलाई नै सबैभन्दा शक्तिशाली इकाईको रुपमा लिइन्छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष बहुमतमा छ ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति मध्ये ठाकुर समूहमा जम्मा २० जना सदस्य देखिएका छन् । उनी संसद पुनःस्थापना भए पनि नभए पनि पार्टी खोल्नुपर्ने बाध्यतामा छन् ।
यदि निर्वाचन आयोगले उपेन्द्र पक्षले गरेको कारबाहीलाई मान्यता दियो भने ठाकुर समूह पार्टी विहिन हुनेछ । त्यस्तो अवस्थामा संसद पुनःस्थापना भईहाले पार्टी पनि नरहने र सांसद पद पनि गुम्ने अवस्था आउँछ ।
सरकारमा जान १० मन्त्री पाएको थियो समूहले
प्रधानमन्त्री केपी शर्मा ओली र महन्थ ठाकुर समूहबीच सत्ता साझेदारी गर्ने सम्झौता भएको थियो । गत जेठ १७ मा भएको द्धिपक्षीय छलफलमा ओलीले ८ मन्त्रालयको जिम्मा दिने सहमती गरेका थिए ।
जसपाका नेता लक्ष्मणलाल कर्णले बताएअनुसार ८ मन्त्री र २ राज्यमन्त्री दिने आश्वासन ओलीले दिएका थिए । याे समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा थियो ।
तर, उपेन्द्र यादव पक्षले बहुमतको आडमा कारबाही गरेपश्चात सरकारमा जाने वा नजाने भन्नेमा अनिर्णित बनेको थियो । याे समूहले पार्टी आफ्नो पक्षमा पार्न ओलीसँग सहयोग मागेको विषय पनि बाहिरिएको छ ।
सम्बन्धित समाचार
जसपा सरकारमा जाने निश्चित, ८ मन्त्री र २ राज्यमन्त्री पाउने सहमती
राजावादी र मधेशवादीसँग गठबन्धन गराउँदै ओली, विपक्षीलाई हुनसक्छ चुनौति
उपेन्द्र र महन्थलाई निर्वाचन आयोगले भन्यो – कारबाही पुष्टी हुने आधार देखिएन
उपेन्द्र यादव पक्षद्धारा महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन
वि.सं.२०७८ जेठ २१ शुक्रवार १२:१० मा प्रकाशित






























