back
CTIZAN AD

उपचारका क्रममा पाँच कोरोना सङ्क्रमितको मृत्यु

वि.सं.२०७८ जेठ २१ शुक्रवार

639 

shares

२१ जेठ । बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । उनले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ः२० बजे र वीरगञ्ज–१७ अलों निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको बताए ।

त्यसैगरी रौतहटको गौर नगरपालिका–७ निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान २ः३०, बरथवा नगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार राति ९ः५५ र रौतहटकै रौधामाई नगरपालिका–६ निवासी ४० वर्षीय पुरुषको राति ८ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १२:१० मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...