२१ जेठ, लण्डन। बिहीबार बेलायतको ‘डेलीमेल’ समाचारपत्रले प्रकाशित गरेको समाचारप्रति नेपालले खण्डन गरेको छ ।
लण्डनस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै डेलीमेलले ‘हाम्रो बिदालाई नेपाल भरियन्टको खतरा’ भनि लेखेको
समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेको हो ।
सार्स कोभिड –२ अन्तर्गतको म्युटन्ट स्ट्रेन भाइरस नेपालमा देखा परेकोले ‘हाम्रो होलीडेलाई खतरा उत्पन्न भएको’ भन्ने बेलायती अखबार डेलीमेलको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सो वक्तव्यमा भनिएको छ ‘नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेपनि यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत सो स्पष्ट पारिसकेको उल्लेख गरिएको छ ।
WHO is continuing to follow the evolution of the #COVID19 virus and its variants, and provides updates regularly ? https://t.co/pupnsS7C5Shttps://t.co/aKbV2dy3uX
— World Health Organization (WHO) (@WHO) June 3, 2021
दूतावासले डेलीमेललाई पत्र पठाएर यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
डेलीमेलको खबर प्रकाशित भएलगत्तै विश्व स्वास्थ सङ्गठनले बिहीबार नै ट्वीटरमार्फत सार्स–कोभ–२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ ।
डेलिमेलमा समाचार प्रकाशित भएलगत्तै बेलायतस्थित नेपालीहरुले सो समाचारको सत्यताका बारेमा प्रश्न उठाउँदै तत्काल खण्डनका लागि बेलायतस्थित नेपाली दूतावास र नेपाल सरकारलाई आग्रह गरिरहेका थिए ।
यसअघि बी.१.६१७.२ लाई ‘भारतीय भेरियन्ट्स’ भनेकोमा भारत सरकारले आलोचना गरेपछि कोभिडको नयाँ भेरियन्टका बारेमा डब्ल्यूएचओले कोविड १९ को भेरियन्ट्सको नामकरण गर्न नयाँ प्रणाली घोषणा गरेको थियो ।
भारतको आपत्तिपछि डब्लुएचओले बनायो भेरियन्ट्सको नामकरण गर्ने नयाँ प्रणाली
वि.सं.२०७८ जेठ २१ शुक्रवार १२:०४ मा प्रकाशित




























