back
CTIZAN AD

भारतको आपत्तिपछि डब्लुएचओले बनायो भेरियन्ट्सको नामकरण गर्ने नयाँ प्रणाली

वि.सं.२०७८ जेठ १८ मंगलवार

756 

shares

१८ जेठ, भारत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोविड १९ को भेरियन्ट्सको नामकरण गर्न नयाँ प्रणाली घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय संचार संस्था (विविसी)ले जनाए अनुसार यस अन्तर्गत, अब डब्ल्यूएचओले ग्रीक भाषाका अक्षरहरू प्रयोग गरेर भारत, ब्रिटेन, दक्षिण अफ्रिकालगायत अन्य देशहरूमा पाइने कोरोना भेरियन्टहरूको नाम राख्ने छ । यस नियममा रहेर भारतमा पहिलो पटक फेला परेको बी.१,६१७.१ लाई काप्पा अथवा बी १.६१७.२ ‘डेल्टा’ भनिनेछ ।

त्यस्तै बेलायतमा फेला परेका भेरियन्ट्सको नाम ‘अल्फा’ र दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट्सको नाम ‘बीटा’ राखिएको छ ।

डब्ल्यूएचओले भने कि यो निर्णय कुराकानीलाई सजिलो बनाउन र भेरियन्ट्सको नाम कुनै पनि देशसँग सम्बन्धित छैन भनेर सुनिश्चित गर्नका लागि गरेको हो । यस महिनाको सुरूमा भारत सरकारले बी.१.६१७.२ लाई ‘भारतीय भेरियन्ट्स’ भनेकोमा आलोचना गरेको थियो ।

मे १२ मा, भारतीय स्वास्थ्य मन्त्रालयले आपत्ति जनाउँदै भनेको थियो कि यो भेरियन्ट्सलाई मिडियामा कुनै आधार बिना ‘भारतीय भेरियन्ट’ भनिन्छ ।

यद्यपि डब्ल्यूएचओले यसभन्दा पहिले कुनै पनि देशको साथ कुनै पनि भेरियन्ट्सको नाम आधिकारिक रूपमा जोडेको थिएन ।

डब्लुएचओको प्राविधिक प्रमुख मारिया भ्यान किरखोभले ट्वीट गरेका छन् की ‘कुनै देशलाई भेरियन्ट्सहरू फेला पार्न र रिपोर्ट गर्नका लागि बदनाम गरिनु हुँदैन ।’

उनले भेरियन्ट्सको खोजीका लागि ‘राम्रो अनुगमन’ र वैज्ञानिक डाटा शेयर गर्नमा जोड दिएका छन् । डब्ल्यूएचओले आफ्नो वेबसाइटमा सबै भेरियन्ट्सको नामको सूची जारी गरेको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार ०९:५५ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...