back
CTIZAN AD

सङ्खुवासभामा पहिलो पटक आइसीयू सञ्चालन

वि.सं.२०७८ जेठ २१ शुक्रवार

549 

shares

२१ जेठ, खाँदबारी । पूर्वी पहाडी जिल्लामै पहिलोपटक सङ्खुवासभा जिल्ला अस्पतालमा आइसीयू सञ्चालन हुने भएको छ । आइसीयू सञ्चालनका लागि बिहीबार एक कार्यक्रमबीच जिल्ला अस्पताल र गुठीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसीयू सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला अस्पतालमा गुठीका अध्यक्ष तथा पूर्वसभासद पासाङ शेर्पा र जिल्ला अस्पताल सङ्खुवासभाबीच द्विपक्षीय सम्झौता भएको हो ।

जिल्ला अस्पताल व्यवस्थापन समितिले जतिसक्दो चाँडो आइसीयू सञ्चालनका लागि कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट नियुक्ति गर्नका लागि कुनिना शैक्षिक गुठीले मासिक रु तीन लाख अस्पताललाई उपलब्ध गराउने सम्झौता गरिएको छ । आइसीयू सञ्चालनका लागि मासिक तलब गुठीले उपलब्ध गराएको रकम अन्यत्र खर्च गर्न नपाइने गरी सम्झौता गरिएको हो ।

विशेषज्ञ जनशक्ति ल्याउनका लागि गुठीले सहयोग गरेको गुठीका अध्यक्ष शेर्पाले बताए । उनले भने, “मुलुकमा दिनानुदिन मानिस कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाइरहेकाले आफूहरूले सक्ने सहयोग गरिएको छ ।” विश्वभर नयाँ भेरियन्टको भाइरसका कारण मानिसको अकालमा मृत्यु भइरहेको भन्दै कसैको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले आफूहरूले आइसीयू सञ्चालनका लागि सहयोग गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

आवश्यक जनशक्तिका लागि गुठीले छ महिनाका लागि रु १८ लाख उपलब्ध गराउने सहमति भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए। जिल्ला अस्पताल सङ्खुवासभामा पछिल्लो समयमा धेरै सुधार र प्रगति भइरहेको छ ।

नयाँ–नयाँ उपकरण जडान गरिरहेको जिल्ला अस्पतालमा दाताको सहयोगमा पूर्वी पहाडी क्षेत्रमा नै पहिलोपटक आइसीयू सञ्चालन ल्याउन लागिएको अध्यक्ष शाक्यले बताए। विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्या सञ्चालनमा रहेको छ । सङ्खुवासभाको १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा आउने गरेका छन् ।
रासस

वि.सं.२०७८ जेठ २१ शुक्रवार ११:५५ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...