back
CTIZAN AD

अन्तराष्ट्रिय पर्वत समाजद्धारा सात पालिकालाई झण्डै १२ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०७८ जेठ २१ शुक्रवार

951 

shares

२१ जेठ, काठमाडौं । अन्तराष्ट्रिय पर्वत समाजले ‘छटपटाहट आत्मालाई पसिनासँग सापट मागेर सास दिने अभियानमा जुटौ ।’ भन्दै सुरु गरेको अभियानमार्फत् पर्वत जिल्लामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिकामा ११ लाख ९७ हजार ५६० रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

समाजले बिहीबार (२१ जेठ, ४ जुन) का दिन जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङगढमा जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवी पाण्डेमार्फत् सम्वन्धित नगरपालिका, गाउपालिकाका प्रमुखहरुलाई उक्त रकम बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समाजका महासचिव गुणराज शर्माले संसारन्युजलाई जानकारी दिएका छन् ।

समाजले सात पालिकाका लागि ग्लोब्स (परिक्षण), सर्जिकल ग्लोब्स, हेण्ड सेनिटाईजर, डिजिटल थर्ममिटर, वि.पि सेट, सर्जिकल मास्क, फेस शिल्ड, प्लस अक्सीमिटर, बेड टिस्यु, नसल क्यानुला (2.m), अक्सिजन मास्क र स्टेचर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

समाजले प्रमुख जिल्ला अधिकारी, सम्वन्धित नगरप्रमुख र गाउँपालिका प्रमुखहरुसँग सम्पर्क समन्वय गर्ने समाजकी नेपाल प्रतिनिधि मुना भुसाल, सामग्री हस्तान्तरणमा सहयोग पु¥याउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठ, अन्तराष्ट्रिय पर्वत समाजका कानूनी सल्लाहकार केशवराज पुरी, समाजका सदस्य एवं पर्वत सेवा समाज यूएईका अध्यक्ष सरोज जिसी, सुरक्षा निकायका प्रमुख, लगायत कार्यक्रममा उपस्थित सम्पूर्णलाई समाजले धन्यवाद व्यक्त गर्दै उक्त अभियान सम्पन्न गर्नका लागि आफ्नो मन खोलेर सहयोग गर्नुहुने सम्पूणमा आभार व्यक्त गरेको छ ।

१७ मे मा समाजका प्रमुख संरक्षक हितकाजी गुरुङको संयोजकत्व र कुल आचार्य, सुबाश जोशी ( सन्तोष), पुरन गिरि र गुण राज शर्मा (पौडेल) सदस्य रहेको बैठकले पर्वत जिल्लाका सात पालिकामा स्वास्थ्य सामग्री सहयोग गर्ने निर्णय गरेको थियो ।

बैठकले आर्थिक संकलन समिति संरक्षक सुबाश जोशी (सन्तोष) को सयोजकत्व र झलक केसी बेल्जियम, परशुराम पौडेल युएई, दिपिका भुषाल, ईजरायल, ईश्वर जोशी–जापान, गोविन्द पौडेल अमेरिका, बाबुराम शर्मा अमेरिका र अन्तराष्ट्रिय पर्बत समाजका सदस्य तथा सस्थाका अध्यक्षहरु रहने समिति गठन गरिएको थियो । अभियानमा अन्तर्राष्ट्रिय पर्बत समाजका संरक्षक महेश श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको सहजीकरण रहेको थियो ।

No description available.

 

वि.सं.२०७८ जेठ २१ शुक्रवार १४:२४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...