back
CTIZAN AD

एमाले विवाद : सुदुरपश्चिम संसदीय दलका नेतालाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण

वि.सं.२०७८ जेठ २१ शुक्रवार

702 

shares

जेठ २१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन् । केन्द्रीय सदस्यसमेत रहेका उनलाई पार्टी अध्यक्षको तर्फबाट ओलीले स्पष्टीकरण सोधेका हुन् ।

शाहलाई यसअघि प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो ।

पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई किन समर्थन कायमै राखेको भनेर स्पष्टीकरण सोधिएको हो । गत जेठ १० मा बसेको एमाले स्थायी कमिटी बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । तर, प्रदेश संसदीय दलले उक्त निर्णयलाई मान्न अस्वीकार गरेको थियो ।

एमालेले फिर्ता हुन गरेको निर्देशनलगत्तै माधवकुमार नेपाल पक्षको बहुमत भएको प्रदेशमा तीन मन्त्रीले राजीनामा दिएर थप पाँच मन्त्री र चार राज्यमन्त्री बनेका थिए । संसदीय दलका नेता शाह पुनः मन्त्रीमा दोहोरिएका थिए ।

२५ प्रदेश सभा सदस्य भएको सदुरपश्चिममा माधव पक्षका मात्रै १८ सांसद छन् । जहाँ बहुमत सदस्य भएको कारण ओलीलाई कारबाही गर्न असहज भएको छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १४:३९ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...