back
CTIZAN AD

मकवानपुरमा लागुऔषध गाँजासहित तीन पक्राउ

वि.सं.२०७८ जेठ २३ आइतवार

522 

shares

२३ जेठ, वाग्मती । मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हीराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र सोही ठाउँ बस्ने २४ वर्षीय ठाकुर सुनार छन् ।

प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक दीपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट १२ केजी ३०० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको थियो ।

झोलामा गाँजा बोकेर हिँडिरहेका उनीहरूलाई सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अटो एम्बुलेन्सको दुरुपयोग

हेटौँडामा निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटोएम्बुलेन्सले सर्वसाधारण मानिस बोक्न थालेपछि स्थानीय प्रशासनले कारवाही गर्न थालेको छ । कोभिड–१९ का बिरामी बोक्ने गरी सञ्चालनमा आएका अटो एम्बुलेन्सले पनि दुरुपयोग गरी अन्य मानिस बोक्न थालेपछि जिल्ला प्रशासनले त्यस्ता अटोलाई कारवाही गरेको हो ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालयले हेटौँडा–१९ वडाका निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो र चालकलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले हेटौँडा–१० बसपार्कमा खाद्यान्न र बिरामी नभएका मानिसहरू बोकेको अवस्थामा सो अटोलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमनबाट केही अटो एम्बुलेन्सले दुरुपयोग गरेको पाइएकाले कारवाही गरिएको टोलीले जनाएको छ ।

यसैबीच शनिबार मकवानपुरका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न प्रकृतिका ४१ सवारी साधनलाई कारवाही गरेको प्रहरीले जनाएको छ । सवारी साधनलाई जनही रु दुई हजारदेखि पाँच हजारका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङघन गर्ने विभिन्न सवारी साधनलाई कारवाही हुँदै आएको छ ।

थप पाँच सङ्क्रमितको मृत्यु

प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पातलमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५६ वर्षीय पुरुष, हेटौँडा–५ का७२ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
रासस

वि.सं.२०७८ जेठ २३ आइतवार ११:४२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...