back
CTIZAN AD

राउटे युवतीहरुको जीवन रक्षा गर्दै यौन दुव्र्यवहार गर्नेहरुलाई कडा कारबाही गर्न आयोगको माग

वि.सं.२०७८ जेठ २४ सोमवार

897 

shares

२४ जेठ, काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले यौन दुव्र्यवहार परेका राउटे युवतीहरुको जीवन रक्षा तथा गोपनियताको सुरक्षा गर्दै दोषीहरुमाथि कडा कारबाही गर्न माग गरेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ का युवाहरुले स्थानीय राउटे समुदायका युवतीहरुलाई प्रलोभनमा पारेर मदिरा सेवन गराई यौन दुव्र्यवहारमा परेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले ती युवतीहरुको गोपनियताको सुरक्षा गर्दै स्वास्थ्य परीक्षण र भौतिक सुरक्षा गरी जीवन रक्षाको लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।

‘स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई युवतीहरुलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्नसक्ने अनुगमनबाट पाइएको छ,’ आयोगका सहसचिव तथा प्रवक्ता टिकाराम पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रलोभनमा परी यौनहिंसामा लगाइएका उल्लेखित युवतीहरुलाई यसअघि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको छ ।’

युवतीहरुमाथि भएको यौनहिंसाको घटना बारे आयोगको प्रदेश शाखा कार्यालय जुम्लाले अनुगमन गरेको थियो । आयोगले प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

May be an image of text

राउटे युवतीमाथि दुव्र्यवहार गर्ने दोषीलाई हदैसम्मको कारबाही गर्न पालिकाको माग

वि.सं.२०७८ जेठ २४ सोमवार ०८:५२ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...