back
CTIZAN AD

लघुवित्त सेवालाई पनि अत्यावश्यक सेवामा पार्न आग्रह

वि.सं.२०७८ जेठ २४ सोमवार

720 

shares

२४ जेठ, काठमाडौँ । लघुवित्त बैंकका सञ्चालकहरुले किस्ता तिर्ने समयावधि थप गर्न र कर्जा पुनर्तालिकीकरण सुविधा दिन सरकारसँग माग गरेका छन् । कोरोना भाइरुसको महामारीका कारण ग्राहकहरुले किस्ता तिर्न नसकेको र नपाएकाले त्यसका लागि सरकारले ध्यान दिनु पर्ने उनीहरुको माग छ ।

लघुवित्त सङ्घ नेपालको आयोजनामा भएको भर्चुअल अन्तरक्रियामा सरोकारवालाहरुले कोरोना प्रभावितहरुका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेका थिए । सरकारले हालै सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमा लघुवित्तका बारेमा पर्याप्त सम्बोधन नभए पनि अब जारी हुने मौद्रिक नीतिमा सम्बोधन गरिदिए पनि हुने उनीहरुको भनाइ छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लघुवित्तविज्ञ डा मानबहादुर विश्वकर्माले कोरोना प्रभावित क्षेत्रलाई लक्षित गरी विशेष सहुलियत प्याकेज पनि ल्याउनुपर्नेमा जोड दिए । उनले महामारीका बेलामा अति प्रभावित ऋणी ग्राहकको ब्याज अनुदान दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।

सङ्घका अध्यक्ष जगत पोखरेलले लघुवित्त सेवालाई कोरोना प्रभावित अत्यावश्यक सेवामा समावेश गर्न आग्रह गरेका थिए । सरकारबाट लक्षित समूहका लागि उपलब्ध गराउने राहत प्याकेजहरु लघुवित्त बैंकहरुमार्फत उपलब्ध गराउनु प्रभावकारी हुने उनको भनाइ थियो । ग्रामीण क्षेत्रलाई लक्षित गरेर सेवा दिंदै आइरहेका लघुवित्त बैंकहरु देशका सवै जिल्लामा रहेको र ती बैंकहरुमार्फत सेवा प्रवाह गर्दा आमनागरिकलाई पनि सजिलो हुने अध्यक्ष पोखरेलले दावी गरे ।

कार्यक्रममा माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष विकास लम्सालले राहतका कार्यक्रमहरुलाई नै अहिले जोड दिनुपर्ने धारणा राखे । सो अवसरमा लघुवित्त सञ्चालकहरुको सुझाव र आग्रहलाई सकारात्मक रुपमा लिएको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा नीलम ढुङ्गाना, अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले बताए थिए । उनीहरुले ग्रामीण अर्थतन्त्र र न्यून आय भएका महिलाका लागि लघुवित्त बैंकहरुले ठूलो सहयोग गरिरहेकाले त्यसलाई सरकारको तर्फबाट प्रोत्साहन गराउने कार्यक्रमका लागि आफूहरुले पहल गर्ने आश्वासन दिएका थिए ।

देशभरका झण्डै ६० लघुवित्त वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरु गरी झण्डै ३०० जनाको सहभागितामा भएको कार्यक्रममा मौद्रिक नीतिका लागि सङ्घको तर्फबाट दिने सुझावहरुको सङ्कलन गरिएको सङ्घका महासचिव बाबुराम विश्वकर्माले जानकारी दिए ।
कार्यक्रमबाट प्राप्त सुझावहरुलाई समेटेर सङ्घले चाँडै नै मौद्रिक नीतिका लागि सुझावपत्र तयार पारी नेपाल राष्ट्र बैंकलाई लिखितरुपमै बुझाउने तयारी समेत गरेको सङ्घका सचिव अनन्त श्रेष्ठले बताए । त्यसका लागि विज्ञहरुको टोलीसमेत बनाइएको उनले जानकारी दिए ।

वि.सं.२०७८ जेठ २४ सोमवार ०८:३९ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...