back
CTIZAN AD

६ बुँदे प्रस्ताव : माधव समूह विभाजित, बहुमत पक्ष ओलीतिरै फर्कन तयार

वि.सं.२०७८ जेठ २४ सोमवार

939 

shares

जेठ २४, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै अघि सारेको ६ बुँदे प्रस्तावप्रति माधवकुमार नेपाल समूह विभाजित बनेको छ । ओलीको प्रस्तावप्रति माधव नेपालसहितका केहि नेताहरुले आशंका व्यक्त गरिरहँदा योगेश भट्टराई, घनश्याम भुसालसहितको समूहले भने स्वागत गरेको छ । उनीहरु आफ्ना माग पुरा भएको भन्दै एमालेमै फर्किने तयारीमा समेत जुटेका छन् ।

सोमबार नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच छलफल पनि भएको थियो । नेता सुरेन्द्र पाण्डे निवासमा भएको छलफलमा नेताहरु एमालेमै फर्किएर असन्तुष्टीका विषयहरुमा अन्तरसंघर्ष गर्ने निष्कर्षमा पुगेका छन् ।

‘हाम्रो मागबमोजिम पार्टी अध्यक्षबाट सम्बोधन भएको छ, जुन निकै सकारात्मक छ’, छलफलमा सहभागी एक नेताले भने, ‘असहमतिका विषयलाई पार्टीभित्रै छलफल गर्नेगरि एकताको पक्षमा उभिने सहमति गरेका छौं ।’

बहुमत समूह भट्टराई र भुसाल तिर

ओलीको ६ बुँदे प्रस्तावप्रति माधव समूह विभाजित छ । प्रस्तावप्रति बहुमत समूह सकारात्मक देखिएको छ ।

प्रस्तावलाई सकारात्म भनेको भट्टराई र भुसालसहितको समूहमा माधव पक्षका झण्डै बहुमत नेताहरु सहभागी छन् ।

बताइएअनुसार घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, नारायण खतिवडा, दीपक भट्ट, गणेश पहाडी, राजबहादुर बुढालगायतका नेताहरु एकताको पक्षमा छन् ।

के छ ओलीले राखेको ६ बुँदे प्रस्तावमा ?

वि.सं.२०७८ जेठ २४ सोमवार १३:२३ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...