back
CTIZAN AD

बोलपत्र नपरेपछि वडा कार्यालयमार्फत नदीजन्य पदार्थ उत्खनन

वि.सं.२०७८ जेठ २४ सोमवार

747 

shares

२४ जेठ, मनाङ । ढुङ्गा, गिट्टी र बालुवा उत्खननका लागि पटकपटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि मनाङ ङिस्याङ गाउँपालिका–६ कार्यालयले सङ्कलनको अनुमति दिएको छ ।

चालु आर्थिक वर्षमा दुईपटक सूचना प्रकाशित गर्दासमेत बोलपत्र नपरेपछि गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी वडा कार्यालयलाई उत्खननको अनुमति दिएको हो ।

गाउँपालिकाले २०७७ माघ २६ र फागुन २८ गते सूचना प्रकाशित गरे पनि कुनै कम्पनीको बोलपत्र परेको थिएन । पटकपटक सूचना प्रकाशन गर्दा कसैको बोलपत्र नपरेपछि वडा कार्यालयलाई गण्डकी प्रदेशसभाले पारित गरेअनुरुपको दरमा नदीजन्य पदार्थ उत्खननको अनुमति दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए ।

मनोमानी ढङ्गबाट नदीजन्य पदार्थ उत्खनन रोक्नका लागि यो माध्यम अपनाइएको गाउँपालिकाले जनाएको छ । बोलपत्र आह्वान गर्दासमेत नदीजन्य पदार्थ सङ्कलन नहुने अवस्था आएपछि गाउँपालिकाभित्रका विकास निर्माणलाई समेत आवश्यक पर्ने ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन गर्न नसकिएको जनाइएको हो ।

नदीजन्य पदार्थ उत्खननबाट सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका काममा लगानी गरिने बताइएको छ ।
रासस

वि.सं.२०७८ जेठ २४ सोमवार १३:१८ मा प्रकाशित

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...