back
CTIZAN AD

सुदूरपश्चिममा कोभिडविरुद्धको ८५ हजार मात्रा खोप

वि.सं.२०७८ जेठ २४ सोमवार

672 

shares

२४ जेठ, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ ।

चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने बताए ।

केन्द्रबाट आएको खोप जिल्लाहरुमा वितरण गरिएको छ । उनले सुदूरपश्चिमका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई ४५ हजार ए९३ डोज हस्तान्तरण गरिएको बताए । आपूर्ति केन्द्रका अनुसार कैलाली स्वास्थ्य कार्यालयलाई १३ हजार ६१०, कञ्चनपुरलाई सात हजार ५७०, अछामलाई चार हजार १०२, डोटीलाई तीन हजार २० डोज हस्तान्तरण गरिएको छ ।

त्यसैगरी डडेल्धुरालाई २५८, बैतडीलाई तीन हजार ७८०, दार्चुलालाई तीन हजार २४३, बझाङलाई तीन हजार १६८ र बाजुरा स्वास्थ्य कार्यालयलाई चार हजार ४४२ दिइएको छ । यसअघि सुदूरपश्चिममा कोरोना सङ्क्रमणसित अग्रपङ्क्तिमा जुध्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको थियो ।
रासस

वि.सं.२०७८ जेठ २४ सोमवार १६:११ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...