back
CTIZAN AD

एनआरएनए युकेको निर्वाचनमा गुल्मी जिल्ला समाजका १० जनाले दिए उम्मेदवारी

वि.सं.२०७८ जेठ २४ सोमवार

642 

shares

२४ जेठ, युके । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी निर्वाचनमा गुल्मी जिल्ला समाज युकेमा आवद्ध रहेर बिभिन्न जिम्मेवारी पूरा गरेका १० जनाले उम्मेदवारी दिएका छन् ।

प्रेम गाहा मगरको नेतृत्वमा गुल्मेलीहरुले अध्यक्षदेखि कार्यसमिति सदस्यसम्ममा उम्मेदवारी घोषणा गरेका छन् ।
भर्चुअल माध्यमबाट हालै आयोजित एक संयुक्त अन्तरक्रिया कार्यक्रममा समाजका अध्यक्ष टोप पल्ली, संस्थापक अध्यक्ष ओम थापा, पूर्वअध्यक्ष अर्जुन गौतम, निवर्तमान अध्यक्ष राम गलामी, सल्लाहकार केशव भण्डारी, दुर्गा पाण्डे, टाम ढेगा, वर्तमान उपाध्याक्ष मोति पुन, महासचिव बिर बलाल, प्रवक्ता रुद्र थापा, सहकोषाध्यक्ष तारा भट्टराई, सदस्यहरु मोहनलाल घिमिरे, राधा खरेल, मुकुन्द खरेल लगायतले संघको आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

अन्तरक्रिर्यामा समाजका सल्लाहकार, एनआरएन यूकेका उपाध्याक्ष एवं आगामी कार्यकालका लागि अध्यक्ष पदका बलिया प्रत्याशी प्रेम गाहा मगरसहित उपाध्यक्षहरुका प्रत्याशी क्रमशः गोबिन्द खरेल, बिष्णु खरेल, छबिलाल अर्याल, स्कटल्याण्ड राज्य समन्वय परिषद स्कटल्याण्डको अध्यक्षका प्रत्याशी दिवाकर पाण्डे, काशिराम शर्मा, सदस्य प्रत्याशीहरु भिम खनाल, हीरा सापकोटा (दीपक), रामप्रसाद पन्थी र भानुभक्त घिमिरेले आ–आफ्नो परिचय दिदै सबै गुल्मीहरूको एकता र सहकार्यमा जोड दिएका थिए ।

No description available.

उपाध्यक्षका प्रत्याशी एवं इंग्ल्याण्ड राज्य परिषदका सचिव गोबिन्द खरेलले संचालन गरेको सो अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुद्वारा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई सिंगो समाजले प्रत्यासीहरुद्वारा के कस्तो अपेक्षा गरेको छ ? तथा कसरी सम्पूर्ण उमेदवारहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल चलाइएको थियो ।

गैरआवासीय नेपाली संघ यूकेको इतिहासमै गुल्मीका प्रत्यासीद्वारा अध्यक्ष पदको लागि दाबेदारी दिइएको र सबै क्षेत्र र समुदायबाट सहयोग भइरहेकोमा सबै गुल्मीहरूले एनआरएनको सदस्यता लिएर सहयोग गर्न अनुरोध गरिएको थियो । साथै गुल्मेलीहरुको एकता, प्रतिष्ठा तथा मानसम्मानको लागि प्रत्येक गुल्मेली प्रत्यासीहरुलाई जिताउन सम्पूर्ण गुल्मेली एकजुट हुनुपर्ने कुरामा जोड दिंदै आगामी निर्वाचनमा समाजको तर्फबाट प्रत्यासीहरुलाई पूर्ण सहयोग पुर्याउने पनि निर्णय गरिएको थियो ।

उक्त बैठकले वर्तमान अवस्थामा एनआरएनएको सदस्यता वितरण नै महत्वपूर्ण रहेको कारण बेलायतका प्रत्येक कुना-कुनामा रहेका गुल्मेलीहरूलाई आ–आफ्नो तर्फबाट सहयोग गरी तोकिएको अन्तिम मिति जुन १० सम्म सम्पूर्ण गुल्मेलीहरुलाई सदस्यता लिन पनि अनुरोध गरिएको छ ।

वि.सं.२०७८ जेठ २४ सोमवार १६:१४ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...