back
CTIZAN AD

स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति – १४ ठाउँमा जग्गा, २२ तोला सुन

वि.सं.२०७८ जेठ २७ बिहीवार

930 

shares

२७ जेठ, काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री तामाङले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनका श्रीमती उषाकला राईको नाममा काठमाडौँ सहित देशका विभिन्न ठाउँमा गरी १४ स्थानमा जग्गाजमिन छन् ।

यसअघि कानुनमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा कानुनमन्त्री तामाङसँग ३० तोला सुन, ७० लाख ऋण र चार जिल्लामा जग्गा भएको देखाएका थिए । काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उषाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए ।

अहिले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुन २२ तोला मात्र देखाएका छन् भने ऋण ७० लाखबाट घटेर ३५ लाखमात्र रहेको उल्लेख गरेका छन् ।

यसैगरी तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको उल्लेख छ । यसैगरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन् । त्यस्तै विभिन्न बैंक तथा वित्तिय संस्थाको खातामा ३ लाख २७ हजार ३५० रहेको र विभिन्न कम्पनीमा शेयर २० लाख रुपैयाँको देखाएका छन् ।

यस्तो छ स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति विवरण :

वि.सं.२०७८ जेठ २७ बिहीवार ०८:१६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...