back
CTIZAN AD

सोमालियमा अल सेबाबका १७ विद्रोही मारिए

वि.सं.२०७८ जेठ ३० आइतवार

558 

shares

३० जेठ । सोमालियामा सेनाले गरेको कहारबाहीमा परेर कम्तीमा पनि १७ जना सशस्त्र लडाकूहरुको ज्यान गएको छ । सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाका विभिन्न दुई प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन् ।

हिरान भन्ने स्थानमा सोमालियको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो । सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्ने नगरमा भएको अर्को एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन् ।

ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो । त्यस सूचनाका आधारमा यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो ।

त्यस कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ । अरु कैयौँ घाइते पनि भएका छन् । यस कारबाहीमा परेर के कति विद्रोही मारिएका छन् भन्ने बारेमा स्पष्ट सूचना आउन बाँकी रहेको बताएको छ ।

वि.सं.२०७८ जेठ ३० आइतवार ०९:१३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...