back
CTIZAN AD

मजदुरका रुपमा युएई पुगेका दुई झापाली युवा बने रेष्टुरेण्टका मालिक

वि.सं.२०७८ जेठ ३० आइतवार

690 

shares

रामप्रसाद ढुंगेल ३० जेठ, दुबई । वैदेशिक रोजगारीको लागि १५ वर्ष अगाडि सामान्य मजदुरका रूपमा युएई पुगेका दुई जना झापाली युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट संचालन गरेका छन् ।

सन् २००६ मा इलेक्ट्रोनिकल काम गर्न पुगेका झापा सुरुङ्गाका भवानी शंकर खतिवडा र २००४ मा सेल्समेनका रूपमा युएई पुगेका झापा बुधबारेका मनोहरि घिमिरे (दिपेस)ले मिलेर दुबईको अलनादाको अलमुल्ला प्लाजामा विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफे जेठ २८ गतेबाट औपचारिक शुभारम्भ गरेका छन् ।

No description available.

युएईको नेपाली रेस्टुरेन्ट क्षेत्रमा अहिलेसम्मकै ठुलो क्षेत्रफलमा खोलिएको मौलिक नेपाली रेस्टुरेन्टको क्षेत्रफल ३१ सय स्क्वायर फुट रहेको संचालकहरुले दाबी गरेका छन् ।मौलिक नेपाली खानाहरु अन्यभन्दा सस्तो, स्वादिलो, स्वादिष्ट र समयमै उपलब्ध गराउने दाबीका साथमा विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफे स्थापना गरिएको संचालक खतिवडाले बताएका छन् ।

युएईमा धेरै नेपाली रेस्टुरेन्टहरु संचालनमा छन् तर विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा पर्याप्त पार्किङ रहेको साथै नेपालीहरुको बसोबासको केन्द्र बन्दै गएको अल नादा, होर्लान्स, ट्याक्सी कर्पोरेसन, अल गेसिस एरियामा गुणस्तरीय र मौलिक नेपाली रेस्टुरेन्टको अभाव भएकोले विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा ठुलो लगानी गरिएको संचालकद्वयले बताएका छन् ।

No description available.

विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा परम्परागत नेपाली खानाका अलवा ममः चाउमिन, नुडल्स, बिरियानी, बर्गर पनि पाइने र सुलभ दरमा मासिक मेस पनि संचालन गरिने बताइएको छ । यस रेस्टुरेन्टकमा एयरपोर्ट देखि बरदुबई एरियामा होम डेलिभरी सुविधा पनि रहेको बताइएको छ ।

जेठ २८ शुक्रबार एक भब्य उपस्थितिमा औपचारिक उदघाटन गरिएको विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा नेपाली बिज्न्नेस काउन्सिल दुबईका प्रतिनिधिहरु ओमप्रकाश भण्डारी, बाबुराम सापकोटा, नेपाली संघसंस्थाका प्रतिनिधिहरु र शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो ।

उपस्थित सबैले व्यावसायिक सफलताको शुभकामना दिएका थिए भने नेपाली विज्नेस काउन्सिलका प्रतिनिधिहरुले व्यावसायको संचालनका क्रममा आउने समस्याहरु आपसमा मिलेर समाधान गर्ने बताएका थिए ।

युएईमा लामो समय काम गरेर आफ्नो सीप र क्षमता अभिबृद्धी गरी कामदारबाट व्यावसायी बन्न सफल भएकोमा संचालकद्वय खतिवडा र घिमिरेलाई बधाई तथा शुभकामना दिदै झापाली समाज युएईका पुर्व अध्यक्ष अशोक चापागाईंले एकता, सहयोग र सहकार्य गरिने बताएका छन् ।

No description available.

ओपनिङ कार्यक्रममा उपस्थित सबै शुभेच्छुकहरुले विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेमा खानाहरु स्वादिलो भएको र फराकिलो स्थानमा शान्त वातावरणमा नेपालीपनको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

तीन वटा फेमली रुम र कुल क्षमतमा ३० प्रतिशत मात्रै टेबल राख्दा पनि अहिले २० जनालाई एकैपटक सेवा दिन सकिने संचालक घिमिरेले बताएका छन् । तत्काल २ जना कुक, २ जना वेटर, एकएक जना सहयोगी र क्यासियर सहित ६ जनालाई रोजगारी दिएको यस रेस्टुरेन्टले रोजगारीमा नेपालीहरुलाई नै प्राथमिकता दिने संचालकले बताएका छन् ।

दुबईमा रहेका नेपाली व्यावसायीहरुको हक र हितको लागि युएईको सरकारी निकायमा दर्ता भएको पहिलो नेपाली संस्था नेपाली बिज्नेस काउन्सिलले दुबईमा रहेका नेपाली व्यावसायीलाई एकत्रित गरी कानुनी, नीतिगत र प्राविधिक पक्षमा सहजीकरण गरिरहेको र यस क्रममा व्यावसायिक यात्रा शुरु गरेसँगै काउन्सिलमा आबद्द भएकोमा नेपाली बिज्नेस काउन्सिल दुबईका महासचिव दिपकराज पौडेलले विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफेका संचालकद्वयलाई बधाई साथै व्यावसायिक सफलताको लागि शुभकामना दिएका छन् ।

वि.सं.२०७८ जेठ ३० आइतवार ०९:१६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...