३१ जेठ, काठमाडौं । हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायु तथा बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
त्यस्तै राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन\चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ जेठ ३१ सोमवार ०८:२८ मा प्रकाशित






























