back
CTIZAN AD

नेपाल पत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व

वि.सं.२०७८ जेठ ३१ सोमवार

678 

shares

३१ जेठ, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित भएका छन । महासङ्घको अध्यक्ष पदका लागि अन्नपूर्ण दैनिकका बेलायत संवाददाता एवं बेलायतबाट प्रकाशित हुने नेपाली लिङ अनलाइनका सम्पादक ध्रुवराज अर्याल र बेलायतबाटै प्रकाशन हुने विनेपाली अनलाइनमा आबद्ध पत्रकार श्याम लुईंटेल रहेका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षका लागि दिनेश परियारले सञ्जयभक्त कंडेललाई तथा महासचिवमा नरेन्द्र बस्नेतले बेलायतबाट प्रकाशन हुने साउथ एशिया टाइम्स अनलाइनका सम्पादक जगन कार्कीलाई पराजित गरेका छन । वरिष्ठ उपाध्यक्षमा विजयी परियार लामो समयदेखि पत्रकारितामा आबद्ध छन भने बस्नेत रातोपाटी अनलाइनका लागि बेलायत संवाददाता हुन ।

उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सह–कोषाध्यक्षमा सुरेन्द्र इङ्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका थिए । कोभिड–१९ का कारण प्रत्यक्ष उपस्थित भई निर्वाचन गर्न नसकेपछि कूल ४३ मतदातामध्ये ३८ जना हुलाकमार्फत मतपत्र पठाएर मतदानमा सामेल भएका थिए । बाँकी पाँचले आइतबार नै प्रत्यक्ष मतदान गरेका थिए ।

वि.सं.२०७८ जेठ ३१ सोमवार ०८:०६ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...