back
CTIZAN AD

रोकाको निधनमा महराले भने ‘समग्र रोल्पालाई अपूरणीय क्षति भएको छ’

वि.सं.२०७८ असार १ मंगलवार

756 

shares

१ असार, काठमाडौँ । संघीय संसदका निवर्तमान सभामुख तथा नेकपा(माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले रोल्पा थवाङ किसान आन्दोलनका अगुवा पूर्णबहादुर रोका (गोरे)को निधनले समग्र रोल्पालाई अपुरणीय क्षति भएको बताएका छन् ।

रोकाको निधनप्रति शोक वक्तव्य जारी गर्दै नेता महराले ‘राजनीतिक हिसाबले प्रष्ट, तथा दूरदृष्टि भिजन भएको नेताको निधनले समग्र रोल्पालाई अपूरणीय क्षति भएको बताएका हुन् ।

नेपाली राजनीतिक परिवर्तनको किल्ला मानिने रोल्पा थवाङ किसान आन्दोलनका अगुवा नेता रोकाको असामयिक दुखद निधनले अत्यन्तै मर्माहत तथा स्तव्ध बनाएको भन्दै उनले थवाङ तथा आम रोल्पाली जनतालाई समेत अपुरणीय क्षती पुगेको बताएका छन् ।

जनयुद्धको सहिद ललि रोका पूर्णबहादुर रोकाको बहिनी  हुन् ।

शोक वक्तव्यमा उनले भनेका छन् :

“मेरो राजनीतिक सहकर्मी तथा रोल्पा थवाङ निवासी जनताका आशा भरोसाका केन्द्र रोकाको निधनले थवाङ तथा आम रोल्पाली जनतालाई समेत अपुरणीय क्षेती पुगेको छ ।
समाज परिवर्तनको महायात्रा संगै होमिदा उहाँको अत्यन्तै क्रान्तिकारी चेतना तथा जनताप्रति उत्तरदायी भावनाको म स्मरण गर्न चाहन्छु ।
परिवर्तनकारी महान जनयुद्धका शहीद कमरेड लली रोकाकी दाजु समेत रहेका रोकाको निधनले थवाङका जनताले एक जना नेता मात्र होइन आफ्नो क्षेत्रको एक कुसल अभिभावक गुमाएका छन् ।
राजनीतिक हिसाबले प्रष्ट, तथा दूरदृष्टि भिजन भएको नेताको निधनले समग्र रोल्पालाई अपूरणीय क्षति भएको छ ।
दुःखको यस घडिमा मृतक पूर्णबहादुर रोका गोरे प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजन तथा आम रोल्पाली जनता प्रति गहिरो समवेदना प्रकट गर्दछु ।।
कृष्णबहादुर महरा
निवर्तमान सभामुख”

 

वि.सं.२०७८ असार १ मंगलवार २०:११ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...