२ असार, चितवन । जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटनलाई लक्षित गरेर ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ।
योजना अन्तर्गत पर्यटकले तीन रातको रुमको मूल्य मात्र चार हजार रुपैयाँमा पाउनेछन्। कोभिड–१९ का कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटलले आकर्षक योजना ल्याएको होटलका संचालक सुमन घिमिरेले बताए। ‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ। यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यो योजना ल्याएका हौ’, उनले भने। उनका अनुसार होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन्।
पैसा तिरेका पर्यटकले १५ दिन अगावै होटलमा कोठा बुक गर्नुपर्नेछ। योजना नेपालमा रहेका एक्सप्याटसहरु पनि सहभागी हुन पाउने उनले बताए।
यो योजनामा सहभागी हुन पर्यटकहरुले असार महिनाभरी प्याकेज खरिद गर्नुपर्ने हुन्छ। आफुले खरिद गरेको प्याकेज मितिको १ महिना पछि होटलमा आएर बस्न सकिने उनले बताए। योजना अन्तर्गत पर्यटकहरुले २८ चैत २०७८ सम्म प्रयोग गरि सक्नु पर्ने हुन्छ। योजनामा एक हजार जना सहभाागी गराउने घिमिरेले बताए। योजनामा ब्रेकफाष्ट उपलब्ध छैन र ग्रुप बुकिङ को लागि यो योजना लागु हुने छैन। उनका अनुसार पैसा तिरेका पर्यटकले १५ दिन अगावै होटलमा कोठा बुक गर्नुपर्नेछ। योजना नेपालमा रहेका एक्सप्याटसहरु पनि सहभागी हुन पाउने उनले बताए।
वि.सं.२०७८ असार २ बुधवार ११:३१ मा प्रकाशित






























