back
CTIZAN AD

अहिले पनि लेख्ने ढुङ्गा भेटे  ‘जनयुद्ध जारी छ’ लेख्न मन लाग्छ

वि.सं.२०७८ असार २ बुधवार

927 

shares

हत्तपत्त मोवाईल अफ गरेँ फेरि साथीहरूले फोन गर्दा रिङ्टन बज्ला भनेर । गोठको थाराको पराल बज्छ कि भनेर नचलिकन सुतेँ ।कासो लाग्छ कि भनेर मुख हातले बन्द गरेर सुतेँ किनकि सरौँमा आर्मी आएर क्याम्प बनाएर बसेको छ । पुलिस भोर्लेमा छदैछ । ननिदाईकन कतिखेर मिर्मिरे उज्यालो हुन्छ र पँधेर्नीहरु नउठ्दै उठेर गाउँबाट बाहिर निस्कने सोंचमा थिएँ । कुखुरा कराउन थाले, चराहरुको आवाज आउन थाल्यो । अब जल्लादहरु शिकार खेल्ने गरि गाउँ छापा मार्न आउछन् होला त्यसैले उठेर खोरियाको घाँस काट्न जाने बाटो हुदै खड्का दाईको घरमा गएर गाउँको चहलपहल बुझेर बस्ने निधो गरि उठेँ ।

उठेर निस्कन लाग्दा त एउटा कोठा भित्र, बाहिर निस्कन त झुलबाट मुक्त हुनुपर्ने, ढोका खोल्नु पर्ने, अर्को ढोका, च्यानल गेट ताल्चा के के के के ? विस्तरामा बसेर सोचेँ/बीस वर्ष पहिलाको युद्धकालको सपनामा छट्पटीमा पो रहेछुँ ।

ईमानदार माओवादीलाई अहिले पनि लेख्ने ढुङ्गा भेटे  ‘जनयुद्ध जारी छ’ लेख्न मन लाग्छ ।

गणतन्त्र स्थापना भएको छ । कम्युनिस्टको सरकार छ । राजनीति रुपमा गरिएको न्यूनतम आशा पूरा भएको छ । तर हेर्छु हिजाेका जग्गा दलालहरु मेयर, अध्यक्ष भएका छन् । हिजाे गुण्डाराज चलाउनेहरु ए ग्रेडका ठेक्दार । १०/११ वर्ष राजनीतिको र पनि नगरि घर बसेका प्रदेश र संघीय सरकारका सांसद र मन्त्री बनेका छन् । जसको बहुमत आउछ त्यसैको पार्टी तिर लाग्ने प्रथम क्लासमा बि हेड सर छन् । राजा फाल्ने सपना नदेखे हुन्छ भन्ने मान्छे अहिले बरिष्ठ बाम बुद्धिजीवी । जनयुद्धको समर्थन गर्ने बुद्धिजीवी संगठनको मान्छे आज स्वतन्त्र बाम विश्लेषक भएर ‘मैले त त्यो जनयुद्ध नै भन्दिन’ भन्छ । शिक्षक संगठनमा बसेर संगठनको अफिसबाट जनयुद्धलाई समर्थन गर्ने शिक्षकको नामावली पुलिसलाई बुझाउने अहिले केन्द्रीय शिक्षक नेता, जसले शिक्षामा धेरै पटक शिक्षा पदक पाईसकेको छ। टाउकाको मूल्य तोक्नेहरु र तिनै टाउकाहरु पटक पटक बैठक बस्दैछन् । गणतन्त्रको सपना पनि नदेखेकाहरु गणतन्त्रको राष्ट्रपति, प्रधानमन्त्री भैसकेका छन् । हिज पार्टीको साँसद भएका आज सर्वोच्च अदालतका न्यायाधीश, प्रशासनमा बसेर हजारौं हजार सहिद बनाउनेहरु संबैधानिक आयोगका प्रमुख र राजदूत …..?

मसाल जुलुस र जनसेनाको खानपिन सेल्टरको ब्यवस्थापन गर्ने शिक्षकहरुलाई पार्टीले सम्झेको ? खै आफुले खान राखेको अन्न जनसेना र जनयुद्धका नेतालाई खुवाएर सेना पुलिसको बुट खाएर बांचेका किसान परिवारलाई पार्टीको योजना ? खै युद्धको समयमा पुलिस र सेनाको जागिर छाडेर पार्टीलाई सहयोग गर भनेको मानेर पाएको जागिर छाडेकाको पक्षमा योजना ? युद्ध सकिएपछि फिर्ता दिन्छौं भनेर मागेका भरुवा बन्दुक खै ? अहिले जनयुद्धका नेताहरु हिजका वर्ग शत्रुसँग टाँसिन मात्र होईन उसैका पिछलग्गु भन्दा अझ बफादार बन्न तल्लिन छन् । जनसेनालाई क्यान्टोनमेन्टमा राख्ने क्रममा राजनीति गर्ने ईच्छा भएका जनसेनालाई बाहिर राख्न, सामान्य समर्थक जसले युद्धमा हतियार बाेकेन, कहिलेकाही जन मिलिसिया भएर भाटा बाेकेर गौडा कुरेर बस्याे, त्याे क्याम्पमा हतियारकाे जानकारी लिएर अव्वल जनसेना बन्याे । त्यही स्वच्छिक रुपमा सेनामा समायोजन हुन्न भनेर दस लाख बुझेर अहिले प्रचण्डलाई गाली गरेर बसेको छ । त्यसले बिदेश गएर पनि त्यति कमाउन सक्ने थिएन । माओवादीको समर्थन गर्ने र अखिलको संगठनमा बस्ने १५/१६ वर्षका बिद्यार्थी बाध्य भएर घर छोडे पल्लो घरको उजुरीका कारण । तिनीहरुले संगठन गरे, हतियार बोके, धेरै युद्धमा लडे तर १८ वर्ष नपुगेको कारण अयोग्य भई घर फर्के, तिनीहरुलाई पार्टीले के सोचेको छ  ? सहिद परिवार र अपांग को कुरा त के भनौं र । ईमानदार माओवादीलाई अहिले पनि लेख्ने ढुङ्गा भेटे  “जनयुद्ध जारी छू लेख्न मन लाग्छ ।’

म मुसुक्क हाँसे जीवनको सहयात्रीले भनिन – बिहान उठेर के के सोचेर हाँसेको हो ? मैले भनिन -मनमा सोचें । क. बादलले पनि त सायद यस्तै सपना देख्छन् होला नि ? अर्घाखाँचीमा पार्टीको काममा ब्यस्त भएको । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट निर्मित जनसंबिधानका लागि दोस्रो संबिधान सभा चुनावमा प्रत्यक्ष निवाचित प्रधानमन्त्री सहितको शासकिय स्वरुपको पक्षमा सुर्य चिन्हमा भोट माग्ने कार्यक्रमको प्रमुख अतिथि भएर संचार मन्त्री आउने र उनले चुनाव बहिष्कारको नारालाई सफल पार्न मतदान बाकस फोडेको पोष्टर सहित बम, माईन प्रयोग गरि कार्यक्रम बिथल्न गोप्य योजना बनाउदै गरेको ?

त्याे सपनाबाट बिउँझे पनि के साेच्छन् हाेला ……..?

(लेखक, नेकपा मशाल देखि अहिले नेकपा (माओवादी केन्द्र)सम्म काम गर्दै आएका बुद्धिजीवी हुन् ।)

वि.सं.२०७८ असार २ बुधवार ११:१० मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...