२ असार, काठमाडौँ । अविरण वर्षाले गर्दा देशका विभिन्न भूभागमा आएको बाढी पहिरो र ढुवान जस्ता प्राकृतिक विपत्तिप्रति सत्तारुढ दल नेकपा(एमाले) ले चिन्ता व्यक्त गरेको छ ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी प्रेस वक्तव्यमा मनसुनको सुरुवातमै आएको आएको प्राकृतिक विपत्तिले आफूहरु सबैलाई चिन्तित तुल्याएको बताइएको छ ।
प्रवक्ता ज्ञवालीले विपत्तिमा परेकाको तत्कार उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् ।
साथै प्राकृतिक विपत्तिको यस घडीमा स्वयम्सेवी भावनाका साथ उद्धार राहत कार्यमा परिचालन हुन सबै जनप्रतिनिधिहरु, पार्टी कमिटी र युवा पंक्तिलाई आह्वान समेत गरिएको छ ।
केही दिनयता लगातारको वर्षापछि देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानका घटना हुँदा जनधनको क्षति भएको छ ।
वि.सं.२०७८ असार २ बुधवार १८:३६ मा प्रकाशित































