१६ जुन, जापान । विश्व रक्तदाता दिवसको अवसरमा जापानमा नेप्लिज ब्लड डोनर्स एसोसिएसन-जापान ( Nepalese Blood Donors Association Japan) को स्थापना भएको छ । भर्चुअल माध्यमबाट गरिएको उद्घाटन समारोहमा विश्व रक्तदाता अर्जुन प्रसाद मैनालीको प्रमुख आतिथ्यमा र संस्थापक राहुल शाहको सभापतित्वमा समापन भएको थियो । कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।
बर्ष २१–२२ को कार्यालयको लागि १५ जनाको समिति गठन गरिएको छ । जसअन्तर्गत अध्यक्ष राहुल कुमार शाह, उपाध्यक्ष ज्ञानेन्द्र भट्ट र राम प्रसाद आचार्य चयन गरिएको छ । त्यसैगरि सचिव चक्र शाही, सहसचिव निमा होल्माया, कोषाध्यक्ष निरोज खड्गे शाही, सह कोषाध्यक्ष आशिष ढकाल सदस्यहरूमा अशोक श्रेष्ठ, सुसन कार्की, सुर्वर्ण तामाङ, सुवास गुरूङ चयन गरिएको छ ।

साथै संयोजकमा फुकुओकामा मनोज मण्डल, आइचिमा अजय राना र हयोगोमा बाल कृष्ण सापकोटा भएका छन् । साथै विशिष्ट सल्लाहकार अर्जुन प्रसाद मैनाली, र सल्लाहकारमा सन्जिब श्रेष्ठ, संगिता अधिकारी सुवेदी, लक्ष्मण ओझा रहेका छन् ।
रगतको अभाव विश्वभर नै भएको र जापानमा पनि नेपाली रक्तदातालाई सहजता प्रदान गर्न र प्रोत्साहन गरेर अभाव कम गर्ने हेतुले स्थापना गरिएको सस्थापक शाहले जानकारी दिए ।

राहुल शाह नेपाल बसोबास गर्दा विभिन्न संघ संस्थामा आबद्ध रहि सामाजिक कार्य गर्दै आएका थिए ।उनले ब्लड फर नेपालमा उपाध्यक्ष भइ कार्य सम्पादन गरिसकेका छन् ।
वि.सं.२०७८ असार २ बुधवार १७:५६ मा प्रकाशित






























